ईलाका प्रहरी कार्यालय दमकको पहलमा छलफल थालिएपछि झापा गौरादहका अनसनरत व्यवसायी यामबहादुर दाहाललाई न्यायको माग गर्दै घोषीत सम्पुर्ण आन्दोलनका कार्यक्रम फिर्ता

0
636

बैशाख ३१/
ऋणीले लिएको रकम फिर्ता नगरेको भन्दै अमरण अनसनरत झापा गौरादहका व्यवसायी याम बहादुर दाहालको जिवन रक्षाको माग गर्दै उद्योग बाणिज्य संघ गौरादह शाखाले घोषणा गरेको सम्पुर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । स्थानिय शिर्जना घिमिरेले लिएको सावाँ र व्याज सहित करिब ३७ लाख रुपैयाँ रकम फिर्ता नगरेको र स्थानिय न्यायिक समिति बाट पनि न्याय नपाएको भन्दै व्यवसायी दाहाल गत बैशाख २७ गते देखी गौरादह बजारमा अमरण अनसनरत हुनुहुन्छ । अनसन स्थलमा बाणिज्य संघले हिँजो पत्रकार सम्मेलन गर्दै दाहाललाई न्याय दिलाउन र जिवन रक्षाको माग गर्दै उद्योग बाणिज्य संघले धर्ना, चक्काजाम साथै अनिश्चित कालिन आम हड्तालका कार्यक्रमहरु सार्वजनिक गरेको थियो ।
बणिज्य संघले दवाव मुलक कार्यक्रम सार्वजनिक गरेपछि ईलाका प्रहरी कार्यालय दमकको पहलमा छलफल सुरु गरिएकोले हाललाई सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिएको उद्योग बाणिज्य संघ गौरादह शाखा अध्यक्ष जिवन राईले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाको पहलमा दुवै पक्षलाई झिकाई छलफल थालिएकोले आन्दोनलका सम्पुर्ण कार्यक्रम फिर्ता लिएको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here