ऋणीले लिएको रकम फिर्ता नगरेको भन्दै झापा, गौरादहमा एक व्यक्ति आमरण अनसनमा , उद्योग बाणिज्य संघ गौरादह द्वारा आन्दोलन घोषणा

0
663

बैशाख ३०/
ऋणीले लिएको रकम फिर्ता नगरेको भन्दै झापा, गौरादहमा एक व्यक्ति आमरण अनसन बसेका छन् । स्थानिय सिर्जना घिमिरेले ऋण लिएको सावाँ, व्याज सहित ३७ लाख भन्दा बढी तिर्नु पर्ने रकम नतिरेको भन्दै गौरादह नगरपालिका वडा नम्बर १ का किराना व्यवसायी यामबहादुर दाहालले विगत चार दिनदेखि गौरादह बजारमा आमरण अनशनमा बसिरहनुभएको हो ।
गौरादह १ निवासी ६५ बर्षिय दाहालले तीन वर्ष अघि दिएको ऋण रकम घिमिरेले फिर्ता नगरे पछि दाहालले अनिश्चितकालीन आमरण अनसन बस्नु भएको हो ।
दाहालले छिमेकी घिमीरेलाई सामान्य लिखतको आधारमा पटक पटक नगद, गरहनासहित २६ लाख ७२ हजार रुपैयाँ दिनुभएको थियो । २०७३ चैत १७ गते यता साँवा, व्याज अहिले ३७ लाख रुपैयाँ भन्दा बढी पुगेको दाहालको दावी छ ।
गौरादह उद्योग वाणिज्य संघले आज अनसनस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले ऋण असुल्न कुनै उपाय नभएपछि आमरण अनसन बस्नुपरेको गुनासो पोख्नुभयो । व्याज आउला भनेर दिएको ऋण उठाउन नगरपालीकाको न्यायीक समिति सम्म पुगे पनि कतैवाट सुनुवाई नभएपछि सडकमा अनशन बस्न बाँध्य हुनुपरेको उहाँले गुनासो गर्नु भयो ।
विभिन्न सामाजिक संघसंस्था,व्यवसायीहरुको उपस्थिततिमा भएको पत्रकार सम्मेलनमा घिमीरेलाई ऋण दिदाँ ऋण वैकबाट लिएको रकम तिर्न नसक्दा ९ धुर जग्गामा बनेको घरसहितको जग्गानै विक्री गरेर सुकुम्बासी हुनुपरेको दाहालकी श्रीमती मनमायाले गुनासो राख्नुभयो ।
यसै विच गौरादह उद्योग बाणिज्य संघले व्यवसायी दाहाल र घिमीरे वीचको लेनदेन व्यवहार मिलाउन नगरपालिकाको न्यायिक समितिको ध्यानाकर्षण गराउदै अनसनरत दाहालको जीवन रक्षा र न्यायका लागि चरणवद्ध आन्दोलन गर्ने जनाएकोछ ।
पीडित दाहालको माग प्रति ऐक्यवद्धता जनाउदै संघका अध्यक्ष जीवन राईले संघका साधारण सदस्य दाहालको जीवन रक्षासहित न्यायका लागि स्थानीय सरकार जवाफदेहि बन्नुपर्ने माग राख्नुभयो । उहाँले माग पूरा नभए आजदेखि नै जेठ २ गतेसम्म चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्नुभयो ।
आन्दोलनका क्रममा आज संघले दिउँँसो १२ वजेदेखि २ वजेसम्म २ घण्टा वजार वन्द गराएको संघका महासचिव निर्मल बाँस्तोलाले बताउनुभयो । माग सुनुवाई नभए भोलि नगरपालिकामा पाँच घण्टे धर्ना, जेठ १ मा डिपु चौकमा १ घण्टा चक्काजाम र २ जेठमा भने अनिश्चतकालीन यातायात ठप्प पार्ने संघद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here