सरकार सामुदायीक बिद्यालयको रुपान्तरणमा लागेको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराज मणी पोखरेलको भनाई , आगामी १० बर्ष भित्रमा मुलुकका सामुदायीक बिद्यालयलाई अब्बल बनाउने दाबी

0
496

बैशाख २९/
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराज मणी पोखरेलले सरकारले सामुदायीक बिद्यालयको रुपान्तरणको लागी काम गरिरहेको बताउनु भएको छ । दमकको हिमालय माध्यमिक बिद्यालयमा निर्माण हुन लागेको प्रशासनिक भवनको शिलान्यास गर्दै मन्त्री पोखरेलले अहिले अभिभावक र बिद्यार्थिको आकर्षण सामुदायीक बिद्यालयमा घटिरहेकोले आगामी १० बर्ष भित्रमा मुलुकका सामुदायीक बिद्यालयलाई अब्बल बनाउने गरी सरकारले काम गरिरहेको बताउनु भएको हो । आगामी दशकलाई सामुदायीक बिद्यालयहरुको सबलीकरणको दशकको रुपमा सरकारले काम गरिरहेको उहाँले बताउनु भयो ।
शिक्षा र स्वास्थ्यमा निजिकरणको प्रवेसले सामुदाईक बिद्यालयहरु कमजोर बनेको बताउँदै मन्त्री पोखरेलले बिपन्न, दलित, अपाङ्गता भएकालाई शिक्षामा प्राथमिकता दिँदै निशुल्क शिक्षा तर्पm अघि बढ्ने बताउनु भयो । परम्परागत शिक्षा प्रणालिले गर्दा पनि सामुदायीक शिक्षा कमजोर बनेको भन्दै उहाँले शिक्षालाई बिकाश र समृद्धि संग जोडेर मात्रै दक्ष जनशक्ति उत्पादन गर्न सकिने धारणा राख्नु भयो । आगामी १० बर्ष पछि बैंकमा खाता खोल्न पनि प्राथमिक शिक्षा लिएको अनिवार्य हुनु पर्ने बिषयलाई कार्यान्वयनको चरणमा लैजान सरकार प्रतिबद्ध भएको भन्दै उहाँले कुनै पनि बालबालीकालाई स्कुल बाट बन्चित गर्न नहुने धारणा राख्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here