सामाजिक अभियानमा सक्रिय दमकका युवा भेषराज न्यौपानेद्वारा नयाँ व्यवसायिक उद्यमको शुरुवात

0
603

बैशाख २८
सामाजिक अभियानमा सक्रिय दमकका युवा तथा दमक पव्लिक लाईब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले नयाँ व्यवसायिक उद्यमको शुरुवात गर्नु भएको छ । दमक ८ मा उहाँले सुपथ मूल्यको हाम्रो होलसेल मार्ट पसल सञ्चालनमा ल्याउनु भएको हो ।
पसलको आज वैद्धिक विधि अनुसार औपचारिक रुपमा उद्घाटन गरिएको सञ्चालक न्यौपानेले बताउनु भयो । पसलमा दैनिक उपयोग्य समानसहित विभिन्न घरायसी ब्राण्डेड समानहरु उपलव्ध रहेका छन् । पसलको प्रारम्भिक लगानी २५ लाख बढी पुगेको छ । जीवन गुजाराका लागि व्यवसाय शुरुवात गरिएको उहाँले बताउनु भयो ।
सञ्चालक न्यौपानेले आप्mना अभियानसंगै उपभोक्तालाई सुपथ मूल्यमा समान विक्री गर्न यस मार्ट सधै प्रयत्नशील रहने बताउनु भयो । मार्ट उद्घाटनका अवसरमा हरेक समान खरिदमा आर्कषक छुटको समेत व्यवस्था गरिएको सञ्चालक न्यौपानेले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here