झापा उद्योग वाणिज्य संघ शाखा कमल गाउँपालिकाका नवनिर्वाचित कार्यसमिती को शपथ तथा पदस्थापन कार्यक्रम सम्पन्न

0
569

बैशाख २८
झापा उद्योग वाणिज्य संघ शाखा कमल गाउँपालिकाका नवनिर्वाचित कार्यसमिती को शपथ तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
संघको गत वैशाख १५ गते सम्पन्न १२ औं वार्षिक साधारणसभा बाट आगामी ३ वर्षे कार्यकालका लागी निर्वाचित कार्यसमिती लाई निर्वाचन समितीका संयोजक शरण कुमार परापुलीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।
संघको साधारणसभाले आगामी ३ वर्षे कार्यकालका लागी अध्यक्षमा उमानाथ भण्डारी लगायत सम्पुर्ण टिम निर्विरोध चयन गरेको थियो ।
संघको निर्वाचित वाणिज्य उपाध्यक्षमा अमल श्रेष्ठ, उद्योग उपाध्यक्षमा युवराज पाठक, सचिव विरेन्द्र अधिकारी, वाणिज्य उपसचिव कृष्ण ओझा, उद्योग उपसचिव सेलिना राई, कोषाध्यक्ष भगिरथ रिजाल समेत सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिती संयोजक शरणकुमार पराजुलीले जानकारी दिनुभयो ।
त्यसैगरी सदस्यमा रामप्रसाद दाहाल, यदुपति मल्लिक, भुवन चम्लागाई, मुक्तिनाथ काफ्ले, शेखर निरौला, देविमाया नेपाल र विन्दुराई समेत सर्बसम्मत निर्वाचित भएको पराजुलीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here