भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका झापा कचनकवल गाउँपालीका वडा नम्बर २ का जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित , दैनिक काम लिएर वडा कार्यालय पुग्ने सेवाग्राही मारमा

0
822

बैशाख २६/
भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका झापा कचनकवल गाउँपालीका वडा नम्बर २ का जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ । अदालतले पक्राउ पुर्जी जारी गरेसँगै वडाध्यक्ष मेखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ र वडा सचिव हरिप्रसाद गौतम एकै दिन फरार भए । यसबाट दैनिक काम लिएर वडा कार्यालय पुग्ने सेवाग्राही मारमा परेका छन् ।
कार्यालयमा वडा अध्यक्ष, सदस्य र सचिव नहुँदा सेवाग्राहीले सिफारिस, जन्मदर्ता, विवाहदर्ता, योजना सिफारिस, नागरिकता सिफारिसलगायत वडाबाट हुने काम लिन सास्ती भोग्नुपरेको वडासदस्य चन्द्रशंकर अधिकारीले बताउनु भयो ।
वडा कार्यालयमा हाल आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिए पनि आफूले वडा कार्यालयबाट हुने कुराको धेरै अध्ययन गर्न बाँकी रहेको र वडा सचिवसमेत कार्यालयमा नहुँदा समस्या पर्ने गरेको उहाँले बताउनु भयो । नजिकै रहेको ३ नम्बर वडाका सचिव लक्ष्मण तामाङलाई २ नम्बर वडाको पनि काम गर्ने जिम्मेवारी दिइएको छ । तर दुई वटा वडाको जिम्मेवारी पाएका सचिवलाई कार्यालयमा बस्न समस्या हुँदा सेवाग्राही फाइल बोकेर अर्को वडा दौडनुपर्ने बाध्यता रहेको महिला सदस्य मनमाया चौहानले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here