प्रदेश १ को स्थायी राजधानीबारे नेकपाले गरेको निर्णयको विरोधमा विराटनगर बन्द , राजधानीका संपुर्ण संरचना बिराटनगरमै राख्न माग

0
860

बैशाख २३/
प्रदेश १ को स्थायी राजधानीको बिषयमा दुई तिहाई मत प्राप्त सत्तारुढ दल नेकपाको निर्णय प्रति असन्तुष्टि जनाउँदै विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका छन् । प्रदेशको स्थायी राजधानी बिराटनगरमै बनाए पनि संरचनालाई बिकेन्द्रित गर्ने नेकपाको निर्णय बिरुद्ध राजनैतिकदल तथा पेशाकर्मीहरुले अनिश्चितकालीन बन्दसहितको आन्दोनलमा उत्रिएका छन् ।
प्रदेश संसद्मा दुई तिहाई बहुमतप्राप्त नेकपाले राजधानीको बिषयमा गरेको निर्णय प्रदेशसभा बाट परित हुने अवस्था छ । तर बिराटनगरका राजनैतिकदल तथा व्यवसायीले बिराटनगरलाई प्रदेशको राजधानी घोषणा गर्न र सबै कार्यालय बिराटनगर मै राख्न भन्दै बन्द आवहान गरेका छन् ।
गठित शान्ति पूर्ण दबाव समितिमा स्वयं नेकपाकै बिराटनगरका नेताहरु सहित कांग्रेस, संघीय समाजवादी फोरम, राजपादेखि उद्योगी, व्यवसायीहरु छन् ।
प्रदेशका संरचनाहरु इटहरी र सुन्दरहरैचामा नराखेर विराटनगरमै राख्नुपर्ने माग उनीहरुको छ । प्रदेश १ राजधानी सार्ने षड्यन्त्र भएको आरोप लगाउँदै उनीहरुले विराटनगरलाई नै राजधानी बनाउने सुनिश्चितता गर्न पनि माग गरेका छन् ।
अनिश्चितकालीन विराटनगर बन्दले आज बिहानैदेखि जनजीवन प्रभावित भएको छ । उद्योग, कलकारखाना तथा बजार खुलेका छैनन् भने लामो तथा छोटो दूरीका सवारी नचल्दा आवतजावतमा असर परेको छ । यद्यपि, शैक्षिक संस्थामा भने बन्दको असर देखिएको छैन ।
बन्दकर्ताहरु बिहानैदेखि सडकमा निस्किएका छन् । बन्दले जनजीवन केही प्रभावित बने पनि अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here