“ईट्टाघरेको” २ कौडीको बुध्दी छैन

0
1173
लामो समयदेखी साहित्यमा लागेका सहित्यकार ईट्टाघरे  २०६४ सालमा “वियोग” गजल संग्रह प्रकाशीत पश्चात हराए थिए तर लामो समय पछि देखा पर्दैछन।ईट्टाघरेको शब्द,नेपाल आईडल सिजन २ का विजेता रबी ओड र सुमधुर स्वरकी धनी मेलीना राईको आवाजमा रहेको  “२ कौडीको बुध्दी छैन” बोलको गीतको म्युजीक भिडीयो आज मेलीना राईको युटुव चेनलबाट सर्बजनीक गरेर आफु साहित्यमा नै छु है भन्दै छन ।
संगीत भीम बिसि/ललीत पौडेलको रहेको छ भने भिडीयो निकेश खड्काले निर्देशन गरेका छन ।
उदयराज पौड्यलको दमदार संगीत संयोजन छ भनी किशोर थापाको मिक्सिङ रहेको छ।
चर्चित नायीका वर्षा राउतलाई उदयमान मोडल,टिभी कार्यक्रम प्रस्तोता रंजीत पौड्याले साथ दिएका छन।
“ईट्टाघरे प्रोडक्शन”को लगानीमा बनेको यो पहिलो म्युजीक भिडीयो हो।युटुव च्यनलमा रखेको १० घण्ट न बित्दै ८० हजार भन्दा बढि दर्शकेरूले हेरी सकेका छन।दर्शकहरूको माया देखेर निकै नै उत्सहित भएको कुरा हामीलाई बताए ।
अरू केही नयाँ कोसेली छ दर्शक स्रोताहरूलाई भनेर सोध्दा ईट्टाघरेको “श्रेया” एलबम बिमोचनको तयारीमा रहेको बताए।
द भवाई अफ नेपाल विजेता सिडी विजय अधिकारी, नेपाली जग्जीत सिंह कर्म ग्यलछेन वमजन,वर्षा बेस्ट पर्फमर सिजन १ विजेत रमेश कडेल,सबैले रूचाहिएका गायक किरण गजमेर, टेक दुतराज,तारा तिवारी र प्रवन दियालीको स्वर रहेको छ। ५ गीतहरूमा कर्म ग्याछेनको संगीत रहेको छ भने बाँकी दुई  गीतमा सिडि विजय अधिकारीले संगीत भरेका छन।   सिडिएम म्युजीक क्रिएसनले बजारमा ल्यउदै छ ।
एउटा सर्जक हाम्रो साथ र सहयोग बिना बाँच्न सक्दैन त्यसैलै ईट्टाघरे लगायत “२ कौडीको बुध्दी छैन” टिमलाई सकेसम्म सहयोग गरौ।
एउटा सर्जक हाम्रो साथ र सहयोग बिना बाँच्न सक्दैन त्यसैलै ईट्टाघरे लगायत “२ कौडीको बुध्दी छैन” टिमलाई सकेसम्म सहयोग गरौ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here