व्यवस्था परिवर्तन भए पनि जनताले लोकतन्त्रको अनुभुति गर्न नपाएको दमकमा समाजिक अगुवाको गुनासो

0
587

बैशाख १०/
आज बैशाख ११ गते लोकतन्त्र दिवस देशै भरी बिभिन्न कार्यक्रम गरेर मनाई रहँदा दमकमा नागरिक अगुवाले भने व्यवस्था परिवर्तन भए पनि जनताले लोकतन्त्रको अनुभुति गर्न नपाएको गुनासो गरेका छन् । जुन उत्साहले लडेर लोकतन्त्र ल्याएको हो नागरिकले त्यसको प्रतिफल नपाएको उनिहरुले बताएका हुन ।
लोकतन्त्र आउँदा जुन खुशी मनाईयो त्यो अनुसार मुलुकले फड्को मार्न नसकेको नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकका सभापती प्रकाश बुढाथोकीले बताउनु भयो । अहिले पनि द्वन्दको स्थायी समाधान नभएको, हतियारको संत्रास अभैm कायम रहेको जस्ता कुराले लोकतन्त्र संस्थागत हुन नसकेको उहाँले बताउनु भयो । त्यसैगरी केहि परिवर्तन भए पनि नागरिकको जिवनस्तर भने चौध बर्ष अघिकै अवस्थामा रहेकोले लोकतन्त्रको अनुभुति गर्न नपाईएको दमक पव्लिक लाईब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले बताउनु भयो । धेरै नागरिकहरु अभैm पनि आधारभुत कुराहरु बाट वन्चित रहेकोले लोकतन्त्रको अनुभुती सबै नागरिकले गर्न नपाएको उहाँले बताउनु भयो । न्यौपानेको जस्तै कुरा धेरै काम थोरै भएको बताउनु हुन्छ पत्रकार महासंघ प्रदेश नम्बर १ का प्रदेश समिति सदस्य बिमल लामिछाने पनि । जे प्राप्तीका लागी लडियोको थियो त्यो अभैm नपाएको उहाँले बताउनु भयो । मुलुकमा प्रशासनिक परिवर्तन र संघियता आए पनि सञ्चार क्षेत्रमा अभैm संघियताको अनुभुती हुन नपाएको लामिछानेले बताउनु भयो ।
त्यसैगरी सत्ताको नेतृत्व कर्तालाई शासक बन्ने महत्वकांक्षा बढ्दा नागरिकले लोकतन्त्रको अनुभुती गर्न नपाएको लायन्स क्लब अफ दमक सेविकाकी अध्यक्ष रेगिना भट्टराई प्रसाईंले बताउनु भयो । वर्तमान सत्ताले सबै क्षेत्रको अधिकार केन्द्रिकृत गरेर संघियताको मर्मलाई नै कमजोर बनाएको हुँदा पनि लोकतन्त्र कमजोर हुँदै गएको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here