आन्दोलनरत पक्षलाई समेटेर वार्ताटोली बनाउने भए पछि मोरंग पथरीको आन्दोलन स्थगित , अबरुद्ध राजमार्ग पनि सुचारु , रिना बस्नेतको हत्या आशंका एक व्यक्ति पक्राउ

0
2639

बैशाख १०/
मोरंग पथरीकी रिना बस्नेतको हत्यारा पत्ता लगाउनु पर्ने माग सहित अबरुद्ध गरिएको पुर्व पश्चिम राजमार्ग सुचारु भएको छ । संघर्षरत पक्ष, नगरपालीका र प्रहरी प्रशासनबिच वार्ता गर्ने टोली गठन गर्ने भन्ने सहमती भए पछि अबरुद्ध राजमार्ग सुचारु भएको हो ।
वार्ता टोली गठन गर्ने सहमति पछि पनि स्थानीयले सडकबाट प्रहरी हटेर आफनो ठाँउमा गई बसेमा राजमार्ग खुलाउने शर्त राखेका थिए । स्थानियको आग्रह पछि प्रहरी त्यहाँबाट हटेको थियो । प्रहरी हटेपछि राजमार्ग खुलेको छ । यस अघि आज बिहान भएको आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले हवाईफायर र अश्रुग्याँस प्रहार गरेको थियो ।
झडपको क्रममा प्रहरीको लाठि लागेर ५ जना घाईते भएका छन् । घाईते मध्ये दुई जनालाई पथरीमा उपचार हुन नसके पछि बिराटनगर लगिएको छ । टाउकोमा गम्भिर चोट लागेर घाईते भएका गोपाल विक र सुदीप राइलाई थप उपचारको लागि बिराटनगर लगिएको हो । झडपमा परि घाईते पथरी शनिश्चरे १ का जीतबहादुर लावती, पथरी ९ की मञ्जु पौडेल, ज्ञानेन्द्र विष्टको भने पथरी अस्पतालमा उपचार भैरहेको छ ।
आन्दोलित पक्षले पथरी शनिश्चरे नगरपालिकाविरुद्धसमेत नाराबाजी गर्दै कार्यालयको प्रवेशद्वार तोड्नुका साथै कार्यालयमा तालाबन्दी गरेका छन् ।
गत शनिबार बिहान नग्न अबस्थामा मृति भेटिएकी ब्यबसायी रिना बस्नेतको हत्यामा संलग्नलाई कारबाही र शान्ति सुरक्षाको मागसहित पथरीबासी आन्दोलनमा रहेका छन ।
प्रहरीले भने घटनाको अनुसन्धानका क्रममा रिनाका प्रेमी भनिएका एक व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । उनको घटनामा संलग्नता छरछैन भन्नेबारे हालसम्म निक्र्याेल भइसकेको छैन । प्रारम्भिक अनुसन्धानमा रिनाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here