शिविर सचीवमा लिङ्देन विजयी

0
868

९ वैशाख २०७६
दमक/ भूटानी शरणार्थी शिविर वेलडाँगीको सचीव पदमा कृष्ण लिङ्देन विजयी हुनु भएको छ । आज भएको निर्वाचनमा लिङ्देनले प्रत्यासी सन्चहाङ्ग सुब्बालाई १७ मतको अन्तरले ३८ मत प्राप्त गर्दै विजयी हुनु भएको छ ।
सचिव पदका लागि उम्मेद्वार बनेका सुब्बाले २१ र अर्का उम्मेद्वार कुमारी राईले १ मत प्राप्त गर्नु भएको छ ।
निर्वाचनमा प्रत्यक्ष मतदानबाट निर्वाचित भएर आउनु भएका ६२ जना सेक्टर प्रतिनितिहरुले भोट दिएका छन् । निर्वाचनमा जम्मा खसेको मत मध्ये १ मत मात्र बदर भएको निर्वाचन संचालन समितिका पदाधिकारी शरणार्थी समन्वय इकाइका वेलडाँगी प्रमुख सुरेन्द्र दाहालले बताउनु भयो ।
अहिले निर्वाचित शिविर सचिव लिङदेन अन्तरिम सचिव भएकाले उहाँको नेतृत्वमा पुनः अर्को चुनावको आयोजना गरी बेलडाँगीमा नयाँ शिविर सचिव चयन गरिने बताइएको छ ।
निवर्तमान सचिव टीकाराम रसाइलीले यही अप्रिल ४ तारिखका दिन पदबाट राजीनामा दिएपछि बेलडाँगी शिविरमा रिक्त सचिव पदमा लिङ्देनले निर्वाचन प्रणालीबाट विजय प्राप्त गर्नु भएको हो ।
निर्वाचित सचिव लिङ्देनलाई २३ अप्रिल मंगलबारका दिन सपथग्रहण गराउने तथा मंगलबारदेखि नै उहाँले आफ्नो कार्यभार सम्हाल्ने आरसीयू प्रमुख दाहालले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here