प्रधानमन्त्री केपि ओलीको गृह नगरमा कांग्रेस नेताहरुको गर्जन , प्रधानमन्त्री ओली दुनियाँकै झुट नेता भएको कांग्रेस सभापती शेरबहादुर देउवाको टिप्पणी

0
1170

बैशाख ९
नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकार ईतिहाँसकै असफल सरकार भएको दाबी गरेका छन् । भ्रष्टचारीको अनुहार पनि हेर्न चाहँदीन भनेर भाषण गर्ने प्रधानमन्त्रीको टिमनै भ्रष्ट र खराब व्यक्तिहरुले भरिएको उनिहरुले आरोप लगाएका हुन् । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को नवनिर्मित भवनको आज उद्घाटन गर्दै कांग्रेस सभापती शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपि ओली दुनियाँमै सबै भन्दा धेरै झुट बोल्ने व्यक्ति भएको आरोप लगाउनु भयो । बृद्धबृद्धालाई ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने बाचा गर्दै चुनाव जितेका ओलीले जनतको ढाड सेक्ने गरी कर बृद्धि गरेको देउवाले आरोप लगाउनु भयो । कुखुराको एउटा अण्डा देखी एक बिटो पराल सम्ममा कर लगाएको उनको नामनै जनताले कर प्रसाद ओली राखि दिएको पुर्व प्रधानमन्त्री समेत रहनु भएको देउवाले टिप्पणी गर्नु भयो । सरकार र प्रधानमन्त्री ओली प्रति आक्रोसित हुँदै देउवाले सरकारले डाक्टर, वकिल, कर्मचारी, जनता सबैलाई दुख दिएको आरोप लगाउनु भयो ।
कार्यक्रममा कांग्रेस उप सभापती विजय कुमार गच्छदारले मुलुकको बिकाशमा सरकार संग सहकार्य गर्न आफुहरु तयार रहे पनि सरकारले विपक्षिको आवाजलाई सुन्ने नचाहेको बताउनु भयो । आफ्नो पार्टिका कार्यकर्ता बाहेक कसैलाई पनि जनता नदेखेको यो सरकारले मुलुकको बिकाश गर्नै नसक्ने दाबी गर्नु भयो । कार्यक्रममा कांग्रेस महामन्त्री डाक्टर सशांक कोईराला, पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्त विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्यहरु धनराज गुरुङ, सरिता प्रसाईं, डिना उपाध्याय लगायतले मुलुकमा दिन प्रतिदिन हत्या, हिंसा लगायतका घटना बृद्धि हुँदा सरकार नागरिकको जिवन रक्षामा उदासीन देखिएको आरोप लगाउनु भयो ।
पार्टिका क्षेत्रिय सभापती ढुण्डी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सभापति देउवाले पार्टिको नव निर्मिट क्षेत्रिय समितिको भवनको उद्घाटन र पार्टिका पुराना कार्यकर्ताहरुलाई सम्मान गर्नु भएको कांग्रेस दमक नगर सभापती रोशन विष्टले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here