नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ झापाको नवनिर्मीतत भवन उद्घाटनसहित कार्यकर्ता सम्मान कार्यक्रमको तयारी पूरा

0
1411

बैशाख ७/
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ झापाको नवनिर्मीतत भवन उद्घाटनसहित कार्यकर्ता सम्मान कार्यक्रमको तयारी पूरा भएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आतिथ्यतामा यहि वैशाख ९ गते दमकमा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको हो ।
आज दमकमा कांग्रेस क्षेत्रीय समितिले पत्रकार सम्मेलन गरि झापा क्षेत्र नम्बर ५ को भवन उद्घाटन तथा अग्रज कार्यकर्ता सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न आन्तरिक सम्पूर्ण तयारी सकिएको जनाएको छ ।
पत्रकार सम्मेलनमा पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले कार्यालय भवन उद्घाटनसहित कार्यकर्ता सम्मान र नयाँ वर्ष २०७६ को समेत शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपले सम्पन्न गर्न सवै तयारी सकिएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बु, क्षेत्रीय सभापति भण्डारी, पार्टीका नगर सभापति रोशन विष्ट, महासमिति सदस्य डाक्टर खगेन्द्र पाण्डव अधिकारी, शेरवहादुर भट्टराई लगायतले कार्यक्रमको विषयमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा सहभागि हुन सभापति देउवासहित उपसभापति विजयकुमार गच्छार, महामन्त्री डाक्टर शंसाक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय नेताहरु दमक आउने भएका हुन् ।
क्षेत्रीय समितिले कार्यक्रम भव्य रुपमा सफल बनाउन एक मूल समितिसहित विभिन्न आठ वटा उपसमितिहरु समेत गठन गरि क्षेत्रभरि कार्यकर्ता भेलालगायतको गतिविधि समेत सम्पन्न गरिसकिएकोे क्षेत्रीय सचिव चुडेन्द्र वस्नेतले जानकारी दिनुभयो ।
दमक ५ स्थित दमक नगर पार्टी कार्यालयसंगै रहेको क्षेत्रीय समितिको कार्यालय नवनर्मीत भवन करिव ३५ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो । करिव ५ वर्ष लगाएर निर्माण गरिएको उक्त भवन एकतले चार कोठे रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here