प्रदेश नम्बर १ को पहिलो सामुदायिक मुटु रोग सम्बन्धी अस्पताल दमकमा उद्घाटन

0
1430

बैशाख ७/
प्रदेश नम्बर १ मा पहिलो सामुदायिक मुटु रोग सम्बन्धी अस्पताल आज दमकमा उद्घाटन गरिएको छ ।
काठमाण्डौंबाट आउनु भएका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले अस्पतालको उद्घाटन गर्नु भएको हो । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले अस्पताल संचालनमा ल्याएको हो । पछिल्लो समय जाँच चेक र परामर्शको अभावमा दिर्घ रोगका कारण धेरै मानिसले अकालमा ज्यान गुमाउनु परेको भन्दै रेडक्रस सोसाइटीले प्रदेश नम्बर १ लाई लक्षित गरी अस्पताल संचालनमा ल्याएको उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकीले बताउनु भयो ।
उद्घाटन कार्यक्रममा डाक्टर कोइरालाले दमकमा दिर्घरोगलाई लक्षित गरी खोलिएको सामुदायिक अस्पतालले पूर्वी क्षेत्रका नागरिकलाई धेरै सहज पुग्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here