पथरी शिविरमा डे केयर रिक्रिएशन सेन्टरको उद्घाटन्

शरणार्थी समस्या समाधानमा सवैले जोड दिनु पर्ने

0
1423

शरणार्थी समस्या समाधानमा सवैले जोड दिनु पर्ने

 
४ बैशाख २०७६/डिकेश लामा
दमक/ मोरङ्गको भूटानी शरणार्थी शिविर शनिश्चरेमा बृद्धबृद्धालाई लक्षित गरी तेस्रो मुलुक पूनर्वास भएका भूटानीहरुको संस्थाले सामुदायिक रचनात्मक गृह निर्माण गरेका छन् । अमेरिकामा भूटानीहरुले खोलेका इन्ट्रा नेशनल होम केयर, एमेरिकेयर हेल्थ केयर सर्भिस, गौतम् इन्सोरेन्स् एजेन्सीको सहयोगमा पथरी शनिश्चरे शिविर व्यवस्थापन समितिले घर निर्माण गरेका छन् ।
२२ लाख रकमको खर्चमा शिविर व्यवस्थापन समितिको अगुवाईमा ४ कोठे बृद्धबृद्धालाई मनोरञ्जन गर्ने र सृजनात्मक कार्य गर्ने बहस गृहको रुपमा घर निर्माण गरेको निर्माण संस्थाका स्टेट प्रशासक गोपाल धितालले बताउनु भयो ।
मोरङ्ग क्षेत्र नम्बर ३ प्रदेश सभाषद सूयर्माराज राईको प्रमुख आथित्यमा भएको कार्याक्रममा शरणार्थीको अवस्था, तेस्रो मुलुकमा भएका भूटानीले गर्ने सहयोग र कलाकारिताको विषयमा मन्तव्य राखिएको छ । शिविर सचीव चम्पासिंह राईको सभापतित्वमा भएको कार्याक्रममा पथरी शनिश्चरेका मेयर दिलिप राई, सहयोगी भूटानी अमेरिकी स्वास्थ्य संस्थाका प्रतिनिध गोपाल धिताल, नायिका केकी अधिकारी, दिलिप रायामाझी, रमेश प्रसाईंले भूटानीले तेस्रो मुलुक गएर गरेका गतिविधि, कार्यक्रम र शरणार्थी समस्या समाधानमा विकल्पबारे धारणा राख्नु भएको छ । कार्यक्रममा यूएनएचसीआर, लुथरन विश्व फेडरेशन, क्यारिटस नेपाल लगायतका जिम्मेवार पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बीआरसीएफ, इन्दे्रेणी साँझ र स्थानीय क्षेत्रका कलाकारले नृत्य समेत प्रस्तुत गरेका छन् ।

कार्यक्रमको केही भिडियो हेर्न तलको ग्लोबल टिभी हेर्नुहोस्

see Globalpost TV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here