पुर्वि नेपालका आदिवासी समुदायले मनाउने सिरुवा पर्वको आज दोस्रो दिन काद सिरुवा मनाईंदै

0
1159

बैशाख २/
नव वर्षको आगमन संगै तराईका कोच आदिवाशी समुदायमा मनाईने सिरुवा पर्वको आज दोस्रो दिन काद सिरुवाई मनाईएको छ । हिँजो पहिलो दिन वर्ष भरीको रिस रागलाई पानिले पखालेर एक आपसमा पानि छ्यापा छ्याप गरेर पानी सिरुवा मनाईएको थियो भने आज दोस्रो दिन बिहानै आफ्ना कुलदेवी देवताहरुको पुजा गरी हिलो खेलेर काद सिरुवा मनाईएको राजबंशी समाज विकाश समिति दमकका अध्यक्ष भरुवा राजबंशीले जानकारी दिनुभयो ।
वर्षको एक दिन माटोसंग खेलेमा शरीरका रोगहरु नाश हुने मान्यता रहीआएकोले एक आपसमा काद अर्थात हिलो खेलेर काद सिरुवा मनाईएको उहाँले बताउनु भयो । सिरुवा पर्वको अन्तिम दिन भोली नयाँ वर्षलाई हर्षोल्लासका साथ स्वागत गर्दै एकआपसमा रङ्ग लगाएर यो पर्व मनाउने गरीन्छ ।
हरेक नयाँ बर्षको बैशाख १, २ र ३ गते ३ दिनसम्म मनाईने सिरुवा पर्व झापा, मोरङ्ग, सुनसरी जिल्लामा राजवंशी, ताजपुरीया, गनगाई, धिमाल लगायतका जातिहरुले सिरुवा पर्व हर्सोल्लासका साथ मनाउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here