दमक नगरपालिकाले यातायात तथा ट्राफिक व्यवस्थापन सम्बन्धि स्थानीय कानुन निर्माण गर्दै

0
1750

चैत ३०/
दमक नगरपालिकाले यातायात तथा ट्राफिक व्यवस्थापन सम्बन्धि स्थानीय कानुन निर्माणका लागि सरोकारवालाहरुसंग आन्तरिक छलफल शुरु गरेको छ ।
दमक यातायात तथा ट्राफिक व्यवस्थापन समितिले सो बिषयमा ट्राफिक प्रहरी, यातायात व्यवसायी, मजदुर संघ संगठनका प्रतिनिधि, स्थानीय सामाजिक, राजनीतिक, व्यक्तित्वहरुसंग चरणबद्ध छलफल चलाइएको समितिका संयोजक दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाले जानकारी दिनुभयो ।
समितिले यहि वैशाख ४ गते बस्ने नगरपालिकाको बोर्ड बैठकमा यातायात तथा ट्राफिक व्यवस्थापन सम्वन्धि कार्यविधि २०७६ निर्माणका लागि प्रस्ताव गरेको हो ।
६ पृष्ठ लामो सो कार्यविधिमा नगरपालिका क्षेत्र भित्र सडकमा बनाइएका हम्स ६ महिना भित्र सम्बन्धित टोलका उपभोक्ता नगरबासीलाई हटाईसक्न र नहटाएमा नगरपालिकाले हटाएर सम्बन्धित टोल विकास वा उपभोक्तासंग त्यस वापतको लागत खर्च समेत असुल गर्ने प्रस्ताव गरिएको छ । त्यसैगरी नगर भित्रका सडकको व्यस्तता, सवारीका चाप आदिलाई मध्यनजर गर्दै सवारी साधनको स्पिड दर तोक्ने, पार्किड क्षेत्र बाहिर सवारी पाकिड गर्ने , सवारी नियम उल्लघंन गर्ने सवारी चालक तथा सवारी धनीसंग न्यूनतम १ हजार देखि ५ हजार रुपैयाँ सम्म जरिवाना असुल गर्ने समेत प्रस्ताव गरिएकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here