वेलडाँगी शरणार्थी शिविरका सचीव तेस्रो मुलुक पूनर्वास

भूटानी शरणार्थीले गरे रुँदै विदा

0
1443

भूटानी शरणार्थीले गरे रुँदै विदा

  
२२ चैत्र २०७५/डिकेश लामा
दमक/भूटानी शरणार्थी शिविर वेलडाँगीका शिविर सचीव टिकाराम रसाइली सहित ३ जनाको परिवार आज बेलडाँगी शिविरबाट तेस्रो मुलुक पुनर्वास हुनु भएको छ ।
ढेड दशक अघि देखि शरणार्थी शिविरमा सामाजिक सेवाका काम लाग्नु भएका सचीव रसाइलीले २ दिन अघि औपचारिक कार्यक्रम माझ आफ्नो पदबाट राजिनामा दिएर आज विहान सहयोगी संस्था आइओएमको गाडी मार्फत तेस्रो मुलुक लाग्नु भएको छ ।
उहाँ आफ्नो श्रीमति कृष्णामाया गुरुङ्ग र ७ बर्षीय छोरी कृषा सहित अष्टे«लियाको क्वीजल्याण्ड स्टेटमा पूनर्वासका लागि चन्द्रगढी एयरपोर्टबाट काठमाण्डौं प्रस्थान हुनु भएको छ । उहाँ ४ दिन पछि अष्ट्रेलिया पुग्ने मिति तय भएको बताइएको छ । सचीव रसाइलीको विदाइमा शरणार्थी शिविरका अगुवा, सामाजिक संघसंस्थाका अगुवा, स्थानीय बासिन्दा समेत उपस्थिति रहेको थियो । उहाँको विदाईमा धेरै शरणार्थीहरुले रुँदै विदा गरेका छन् । सचीव रसाइलीले पछिल्लो २ बर्ष यता शिविरको सचीव भई असाहय शरणार्थीको हितमा राम्रो कार्य गर्दै आएको भूटानी शरणार्थी अपाङ्ग संघकी अध्यक्ष देवीमाया गुरुङ्गले बताउनु भयो ।
सचीवले आफूले पालन पोषण गर्दै आउनु भएका ४ जना बालबालिकालाई शरणार्थी शिविरमा रहेको वेलडाँगी चर्चको एक समितिलाई पालन पोषण गर्ने जिम्मा लगाइएको बताइएको छ । विदाई हुनु पूर्व उहाँले शरणार्थी समस्या समाधानका लागि सरोकारवाला संघसंस्था, दमक नगरपालिका मेयर रोमनाथ ओली सहित अन्य जिम्मेवार पदाधिकारीसँग भेट गरी अनुरोध समेत गरेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । रसाइलीले आगामी निर्वाचनबाट हाम्रो सचीव नभई राम्रो पदाधिकारी चयन गर्न समेत आग्रह गर्नु भएको छ । दुई दिन अघि आफू पुनर्वास हुने भए पछि हालसम्म शिविर व्यवस्थापन समितिलाई सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here