कलेजो रोगी कल्पना योङहाङ्गलाई नन्द चन्द्रकुमारी आङ्गदेम्बे स्मृति प्रतिष्ठानको सहयोग

0
1102

चैत २४/
दमक १ वस्दैआएकी कलेजो रोगी कल्पना योङहाङ्गलाई कमल ५ स्थित नन्द चन्द्रकुमारी आङ्गदेम्बे स्मृति प्रतिष्ठानले सहयोग प्रदान गरेको छ । विरामीको उपचारमा सहयोग पु¥याउन प्रतिष्ठानले १२ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष गणेश आङ्गदेम्बेले बताउनु भयो ।
बुबा नन्द केशर र आमा चन्द्र कुमारी आङ्गदेम्बेको स्मृतिमा गठित प्रतिष्ठानले दुवै पितृको बार्षिकीको अवसर पारेर आज विरामीको घरमै पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
सहयोग रकम प्रतिष्ठानका अध्यक्ष गणेश, उपाध्यक्ष ललीत वान्तवा, सचिव विष्णु आङ्गदेम्बे, सहसचिव देवी आङ्गदेम्बे, सदस्य पदमकुमारी राईसहित प्रतिष्ठानका परिवारले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
यसैगरि सोहि अवसरमा दमक ८ निवासी सामाजिक अगुवा शान्तकुमारी केरुङ्गले पनि नगद ५ हजार र प्रतिष्ठानका सदस्य तुलसी तिवारीले समेत नगद १ हजार रुपैयाँ बिरामी योङहाङ्गलाई सहयोग गर्नु भएको विरामीको उपचार अभियानमा संलग्न जीवन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतमले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here