सचीव रसाईलीको विदाई र सम्मान–विदाईमा सवैको आँखा रसाए

जहाँ गए पनि भूटानी शरणार्थीको हितमा काम गर्ने सचीवको भनाइ

0
2096

जहाँ गए पनि भूटानी शरणार्थीको हितमा काम गर्ने सचीवको भनाइ 
२१ चैत्र २०७५/डिकेश लामा
दमक/भूटानी शरणार्थी शिविर वेलडाँगीका शिविर सचीव टिकाराम रसाइलीको विदाई कार्यक्रममा आज समाजसेवामा विशेष योगदान दिने २ दर्जन हाराहारीलाई सम्मान गरिएको छ । विगत २ बर्ष अघि देखि शिविर सचीव भई काम गरेका रसाइलीले उहाँको कार्यकालमा सहयोग पुर्याउने संघसंस्था, सामाजिक व्यक्तित्व, संचारकर्मी लगायतलाई सम्मान गरिएको छ ।
कार्यक्रममा यूएनएचसीआर, विश्व लुथरन फेडरेशन, शरणार्थी समन्वय इकाइ, शसस्त्र प्रहरी सुरक्षा बल, नेपाल प्रहरी, आम्दा नेपाल, क्यारिटस नेपाल लगायतका जिम्मेवार पदाधिकारी सहित भूटानी मुद्धामा संचार माध्यमबाट सहयोग गरे वापत नेपाल टेलिभिजनका पत्रकार डिकेश लामा र कान्तिपुर दैनिकका अर्जुन राजबंशीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा यूनएचसीआरका तर्फबाट प्रोटेक्शन युनिटका प्रमुख क्याथ्रिन ह्यारीसले सचीव रसाइलीले भूटानी शरणार्थी समाज र स्थानीय क्षेत्रमा राम्रो काम गरेको बताउनु भयो । उहाँले समाजमा असक्त अपाङ्गका लागि मात्र नभई शरणार्थीको मुद्धामा अडिग र निष्पक्ष ढंगले काम गरेको बताउनु भयो ।
यस्तै कार्यक्रममा शरणार्थी समन्वय इकाई बेलडाँगीका प्रमुख सुरेन्द्र दाहालले शिविर सचीवले तेस्रो मुलुक पूनर्वासका कारण दिएको राजिनामा स्वीकृत गर्नु भएको छ । दाहालले शिविरमा जिम्मेवार पदमा रहेर सचीवले महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान पत्रले शसस्त्र प्रहरी सुरक्षा वेशका तर्फबाट शसस्त्र प्रहरी निरीक्षक दिनेश आचार्य, बाघखोर अस्थायी प्रहरी पोष्टका जितेन सुब्बा सहितको तर्फबाट सँयुक्तरुपमा सम्मान गरिएको छ । सम्मान गर्दै आरसीयु दाहालले सचीव रसाईलीले शरणार्थी शिविरमा कार्य गरिञ्जेल निस्वार्थ र सरोकारवाला निकायसँग समेत राम्रो समन्वय गरेर काम गरेको बताउनु भयो ।
कार्यक्रममा लुथरन विश्व फेडरेशन प्रदेश नम्बर १ का कार्याक्रम संयोजक राजेन्द्र राउतले सचीवको तेस्रो मुलुक अष्ट्रेलियाको पूनर्वासका लागि शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा शिविर सचीव रसाइलीले आफूले शिविरमा काम गर्दा निष्पक्ष र पारदर्शीढंगबाट काम गरेको बताउनु भयो । उहाँले कमन फण्डमा ओविसीएबाट जम्मा गरिएको २ लाख १० हजार, शिक्षाका लागि सहयोग प्राप्त गरेको ५५ हजार ५ सय ५५, कार्यक्रमबाट संकलित रकम, कार्यालयको साँचो र महत्वपूर्ण सामाग्री समेत पथरी शनिश्चरेका सचीव चम्पासिंह राई र बेलडाँगीकी सहायक शिविर सचीव चन्द्रकला राई हस्तान्तरण गरिएको छ । कार्यक्रममा शरणार्थीका लागि अति महत्वपूर्ण सोलार बत्ती मर्मतका लागि सचीवले व्यक्तिगतरुपमा ५ हजार नगद समेत प्रदान गर्नु भएको छ ।
यस्तै आजै अर्को कार्याक्रम गरी भूटानी शरणार्थी महिला मञ्च, भूटानी शरणाथी अपाङगता संघ र भूटानी शरणार्थी बाल केन्द्रको सँयुक्त आयोजनामा सचीव रसाइलीलाई मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको छ । कार्यक्रममा अपाङ् संघकी अध्यक्ष देवीमाया गुरुङ्ग, बालमञ्चका रामचन्द्र चापागाईं, शनिश्चरे शिविरका महिला मञ्चकी सोममति राई लगातयले सचीव रसाईलीले शरणार्थी समूदायमा गरेको योगदान उच्च र अविश्मरणीय भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दा बोल्दै शनिश्चरेका शिविर सचीवले आँशु झार्न थाले पछि कार्यक्रममा सहभागी सवैको आँखामा आँशु आएको थियो । सचीव रसाइलीले आफू तेस्रो मुलुक गए पनि भूटानीको सेवामा सँधै सहयोग गर्ने बताउनु भयो । उहाँले शरणार्थीको कमन फन्टमा व्यक्तिगतरुपमा नगद १० हजार शनिश्चरेका सचीव राईलाई हस्तान्तरण गर्नु भयो । यस्तै केही दिन अघि बारा र पर्सामा भएको हावाहुरीमा परी मृत्यु हुने र विचल्नीमा परेकालाई भूटानीको तर्फबाट नगद संकलन गरी पुर्याउने व्यवस्था मिलाउन आग्रह गर्दै व्यक्तिगतरुपमा ५ हजार सचीव राईलाई प्रदान गर्नु भएको छ ।

See live video story in GlobalPost TV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here