प्रधानमन्त्री केपी ओलीद्वारा हवाहुरी प्रभावित बाराको फेटा गाउँपालिकाको हवाइ निरीक्षण , हेलिकप्टरमा उड्ने भन्दा पनि रातिको लागी पाल खसाली दिन प्रदेश मन्त्रीको आग्रह

0
1040

चैत १८/
प्रधानमन्त्री केपी शर्मा ओलीले हवाहुरी प्रभावित बाराको फेटा गाउँपालिकाको हवाइ निरीक्षण गर्नु भएको छ । झापाबाट बारा पुग्नु भएका प्रधानमन्त्री ओलीले आज दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित फेटाको हेलिकोप्टरबाट निरीक्षण गर्नु भएको हो ।
प्रधानमन्त्री ओली, उप प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा लगायतका मन्त्रीहरुले नेपाली सेनाको हेलिकोप्टरबाट घटनास्थलको अवलोकन गर्नु भएको हो ।
प्रधानमन्त्री चढेको हेलिकोप्टर हवाइ निरीक्षणपछि कलैयास्थित सेनाको क्याम्पमा अवतरण भएको थियो । घटनाको ब्रिफिङ लिइसकेपछि प्रधानमन्त्री ओलीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिनु भएको छ । यसै विच प्रधानमन्त्री ओलीले हवाइ निरीक्षण मात्र गरेपछि हावाहुरी प्रभावित फेटा गाउँपालिकाका स्थानीयबासीले असन्तुष्टि जनाएका छन् । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास जितेन्द्र सोनलले हेलिकोप्टर चढेर राहत नहुने भन्दै पाल, ब्लांकेटलगायत आवश्यक सामग्री पठाउन माग गर्नु भएको छ । हावाहुरीले सबै भन्दा धेरै प्रभावित फेटा गाउँमा बिहानै देखी रहेका प्रदेश मन्त्री सोनलले प्रधानमन्त्री सहितको टोलीलाई आफुले नदेखेको भन्दै राति सुत्नलाई पाल समेत नभएकोले त्यो पठाउन आग्रह नर्गुभयो । उहाँले तत्काल कम्तिमा पनि ५ हजार परिवारलाई पाल चाहिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here