एसईई परिक्षा दिएका बिद्यार्थिलाई जिल्ला प्रहरी कार्यालय झापाको सुभकामना पत्र

0
1027

चैत १८/
यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आज बाट सकिएको छ । गत चैत १० गते अग्रेजी विषयको परिक्षा बाट सुरुभएको परिक्षा आज ऐछिक विषय लेखा र शिक्षा विषयको परिक्षा दिए पछि सकिएको हो । आज परिक्षाको अन्तिम दिन जिल्ला प्रहरी कार्यलय झापाले सहभागी परिक्षार्थिलाई सुभकामना सहित मायाँको पत्र दिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दिनेश राज मैनाली द्वारा हस्ताक्षरित पत्रमा जिल्ला भरका बिद्यार्थिहरुलाई बितरण गरिएको हो । परिक्षा पछि खालि समयमा पनि बिद्यार्थिहरु सकारात्मक काममा सरिक होउन् भन्ने उद्देस्यले पत्र वितरण गरिएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक स्यामल सुब्बाले जानकारी दिनुभयो ।
“म आज जे छु मैले हिजो गरेको कर्मको कारणले छु ।” भन्ने स्टेफन कोबे को भनाई बाट सुरुगरीएको पत्रमा परिक्षा पछिको समयलाई सदुपयोग गर्न आग्रह गरिएको छ । विद्यालयको परिवेश बाट फुक्का भएका विध्यार्थि तथा युवा हरु विभिन्न प्रकारका लागु औषध तथा दुव्यासनमा फस्ने सम्भावना भएको भन्दै यस्तो बाट जोगाउन बिद्यार्थिहरुलाई आग्रह गरिएको छ । त्यसैगरी सामाजिक संजालमा फसेर आफ्नो जिवन बर्वाद पारिरहेका बेला त्यस्तो हुन बाट जोगाउने खालको सचेतना मुलकपत्र परिक्षामा खटिएका सुरक्षाकर्मि मार्पmत जिल्लाभर वितरण गरिएको थियो ।
पत्रमा परिश्रमको फलमिठो हुन्छ भन्दै चाडै त्यो फल प्राप्त हुन सकोस् भन्ने शुभेक्षा सहित देशले मागेको र खोजेको बेला तपाईहरुवाट उचित योगदान हुने छ भन्ने पुर्ण विश्वास लिएको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here