दमकमा वृहत वाङ्मय संगोष्ठीको तयारी तीव्र , दमकलाई साहित्य संगै सांस्कृतिक महत्वका रुपमा चिनारी दिईने

0
1056

चैत १०/
दमकमा आगामी चैत १७ देखि १९ सम्म हुने त्रिदिवसीय वृहत वाङ्मय संगोष्ठीको तयारी तीव्र पारिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र दमक नगरपालिका प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुने वृहत वाङ्मय संगोष्ठीको भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
दमकमा आज आयोजक दमक नगरपालिका प्रज्ञा प्रतिष्ठानले पत्रकार सम्मेलन गरि दमकलाई साहित्य संगै सांस्कृतिक महत्वका रुपमा चिनारी दिने उद्देश्यले आयोजना गरिएको वृहत वाङ्मय संगोष्ठीको तयारीका बारेमा जानकारी दिएको हो । वृहत वाङ्मय संगोष्ठीका वारेमा नगर प्रमुख रोमनाथ ओली र दमक नगरपालिका प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीले जानकारी गराउदै दमकमा राष्ट्रिय स्तरको साहित्य संगै सांस्कृतिक कार्यक्रम दमक बासीका लागि महत्वपूर्ण भएकाले त्यसलाई सफल बनाउनु पर्ने आग्रह गर्नु भयो ।
अध्यक्ष अधिकारीका अनुसार तीन दिन सम्म चल्ने संगोष्ठि सफल वनाउन स्थानीय स्तरमा विभिन्न १० वटा उपसमितिहरु गठन गरि काम थालिएको छ । उक्त संगोष्ठिमा विभिन्न क्षेत्रका ६ वटा विषयगत विज्ञहरुले छुटाटुटै कार्यपत्र प्रस्तुत हुने छन् । जसमध्ये उद्घाटनका दिन कविता वाचन, सांस्कृतिक तथा जातिय झाँकीहरु प्रस्तुत हुने छन् भने दोश्रो दिन किरात मुन्धुम सम्बन्धी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिश्चन्द्र लावतीले कार्यपत्र प्रस्तुत गर्नुका साथै किरात समुदायका एक महिलासहित दुई जना ज्येष्ठलाई सम्मान गरिने छन् ।
सोहि दिन राजेश्वर थापाले ‘कोशी प्रस्रवण क्षेत्रको जनजीवन’ सम्बन्धी कार्यपत्र ,प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडाले ‘कोशी प्रस्रवण क्षेत्रको धार्मिक तथा पर्यटकीय स्थलहरु’ र डाक्टर डिल्ली प्रसाईले ‘नेपाल उपत्यका र राजवंशी समुदायको सांस्कृतिक र अन्त’ सम्बन्ध सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
यसैगरि तेश्रो दिन दमक बहुमुखी क्याम्पसका प्रमुख उत्तम प्रसाद भटटराईले ‘सन्थाल लोकसाहित्यको वर्तमान स्वरुप ’र दोश्रो चरणमा डा.सोमलाल धिमालले ‘धिमाल लोकसाहित्यका विशेषताहरु ’ सम्बन्धी छुटाटुटै कार्यपत्र प्रस्तुत गर्ने छन् । दुवै कार्यपत्रका क्रममा ती समुदायका महिलासहित दुई जना ज्येष्ठलाई सम्मान गरिने आयोजक दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अधिकारीले जानकारी दिए ।
वृहत वाङ्मय संगोष्ठीको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् भने समापन प्रदेश १ का मुख्यमन्त्र िशेरधन राईको प्रमुख आतिथ्यता रहने छन् भने कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ्ग लगायत विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरुको सहभागिता रहने जनाईएको छ । उद्घाटन दमक नगरपालिकाको नवनिर्मीत भवनमा र अन्य कार्यक्रम भने दमकको कस्मिक पार्टी प्यालेशको सभाहलमा हुने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here