चर्च र अमेरिकी भूटनीजबाट रकम हस्तान्तरण
चैत्र ९ गते २०७५
दमक/ आगलागी पीडित तथा असाहय शरणार्थीहरुलाई आज राहत प्रदान गरिएको छ । आगलागीबाट विभिन्न समय र स्थानमा आगलागीमा परेर विचल्नी ६ परिवारलाई खाना पकाउने ग्यासँ, चुलो सेट र भाँडाकुडा राख्ने स्टीलको र्याक प्रदान गरिएको छ ।
आगलागी पीडितहरु रामलाल सुब्बा, मनबहादुर तामाङ, हर्क बहादुर बस्नेत, भक्ति प्रसाद बराल, राजेश लेप्चा र मधुमाया मगरलाई चुलोसेट, ग्याँस र र्याक अमेरिकाबाट आउनु भएका भूटनिज नेपाली अगापे चर्चका पास्टर फिलिप घिमिरे र सचीव टिकाराम रसाइलीले प्रदान गर्नु भएको छ । यस्तै आगलागी र अन्य कारणले असाहय बनेका सुकमाया राई, मनबहादुर राई ५, जंगबहादुर खड्कालाई उनीहरुको घरमा पुगेर ५/५ हजार र पूर्ण बहादुर सुब्बालाई ३५ हजार ५ सय नगद पास्टर घिमिरेले प्रदान गर्नु भएको छ ।
सहयोग गर्ने भूट्निज नेपाली अगापे चर्च अमेरिकाबाट ३५ हजार , एल्डर कुमार दर्जी १५ हजार ५ सय, पास्टर इन्द्र गजमेरबाट १५ हजार ५ सय र रे अफ होप चर्चबाट पास्टर विकु मार्फत १६ हजार ६ सय सहयोग गरिएको छ ।
See live story in GlobalpostTV