पीडितहरुबाट सहयोगी दाताहरुलाई धन्यवाद
२ चैत्र २०७५/डिकेश लामा
दमक/झापाको दमकस्थित बेलडागीमा रहेका अग्निपीडित भुटानी शरणार्थीलाई आज राहत सामग्री वितरण गरिएको छ । आगलागी भएको स्थानमा आज शनिबार एक कार्यक्रमको आयोजना गरी राहत स्वरुप भाडाबर्तन र नगद सहयोग प्रदान गरिएको हो ।
पछिल्लो समय बेलडागी शिविर ३ मा फेब्रुअरी २२ तारिखमा मधुमाया मगरको घरमा आगलागी भएको थियो । त्यस्तै फेब्रुअरी २७ तारिखमा बेलडागी २ सेक्टर बी टु का राजेश लेप्चाको घरमा आगलागी भएको थियो । त्यस्तै मार्च ८ तारिखमा बेलडागी २ सेक्टर बी टु मै हर्कबहादुर बस्नेत, भगिरथ बराल, राम सुब्बाको घर आगलागीबाट जलेर नष्ट भएको थियो भने आगलागीबाट जोगाउन मनबहादुर तामाङको घर भत्काउनु परेको थियो ।
आगलागी पीडित ६ परिवारलाई आज अमेरिका र बेलायतबाट आएको सहयोग वितरण गरिएको हो । बेलायतको सिफल्डमा बसोबास गर्ने सोमबहादुर लिम्बूको अगुवाईमा १५ जनाले नेपाली रुपैया ४२ हजार पठाउनु भएको थियो । त्यस्तै अमेरिकाको बाल्टीमोरमा रहेको भुट्निज ब्याक्सि चर्चका पास्टर राजु क्षेत्री र चर्च परिवारले पठाएको ३२ हजार ७ सय रुपैया सहयोग गरिएको थियो । दुवै स्थानबाट प्राप्त भएको सहयोग रकमबाट आगलागी पीडित परिवारलाई खाना पकाउनु कुकुर, ताल, डाडु, गिलास, बटुका, कित्ली, दिब्रे, पुन्यू, जगलगायतका भाडावर्तनहरु वितरण गरेको बेलडागीका शिविर सचिव टीकाराम रसाइलीले बताउनु भयो । त्यस्तै आगलागी पीडित परिवारलाई नगद रुपैया पनि वितरण गरेको सचिव रसाइलीले बताउनु भयो । यसअघि माघ १३ गते पनि बेलडागी २ को सेक्टर बी टु मा आगलागी भएको थियो ।बेलायतको सिफल्डमा बसोबास गर्ने सोमबहादुर लिम्बूको अगुवाईमा १५ जनाले नेपाली रुपैयाँ ४२ हजार पठाउनु भएको थियो ।
सहयोग वेलायमा रहँदै आउनु भएका भूटानीहरु पोल्चीमाया तामाङ, लाक्पा शेर्पा, दिलमाया राई, नरबहादुर गुरुङ, टेक तामाङ, सोम सुब्बा, पूर्ण मगर, बुद्धि राई, डम्बर गुरुङ, अम्बर गुरुङ, लाक्पा तामाङ, डम्बर मगर, फूलमाया राई, चुन्कु शेर्पा र छोटे तामाङबाट आर्थिक सहयोग प्राप्त भएको शिविर सचिव रसाइलीले जानकारी दिनु भयो । कार्यक्रममा पूर्व सहायक सचीव तथा भूटान कराते फेडरेशनका अध्यक्ष नरबहादुर गुरुङ्गले यस्तो घटना कसैले पनि गर्न नहुने भन्दै पुन नदोहोर्याँन आग्रह गर्नु भयो । यस्तै सचीव रसाइलीले पुन आगलागीलाई भने सहयोग माग्नु पर्ने अवस्था नआवोस् भन्ने कामना समेत गर्नु भयो । कार्यक्रममा आगलागी पीडितहरुले सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन ।
See live program by GlobalPost TV