राधाकृष्णको ८ औं बार्षिक साधारणसभा सम्पन्न

पुन अध्यक्षमा लकाईं

0
1307

पुन अध्यक्षमा लकाईं
२ चैत्र २०७५
दमक/झापाको दमक ३ उत्तरी क्षेत्रमा रहेको राधाकृष्ण मन्दिरको ८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
इलामको चुलाचुली गाउँपालिका र मोरङ्गको मिक्लाजुङ्ग गाउँपालिकाको सिमाना दमक ३ ओमशान्ति चौकमा रहेको मन्दिरको शनिबार बार्षिक साधारणसभा सम्पन्न भएको हो । पण्डित कृष्ण मिश्रको प्रमुख आथित्यमा भएको कार्यक्रममा विकासको दृष्टिकोणबाट पछाडि रहेको सो क्षेत्रमा मन्दिर स्थापनाले सामाजिक एकता र सद्भाव बृद्धि भएको कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

मन्दिरका अध्यक्ष भिम लकाईको सभापतित्वमा भएको कार्याक्रममा रिता श्रेष्ठ, छविलाल आचार्य, तिलक राई लगायतले समाज विकासका लागि धार्मिक एकता हुनु पर्ने बताउनु भएको छ । कार्यक्रममा अध्यक्ष लकाईले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । यस्तै कोषाध्यक्षको प्रतिवेदन मनमाया केसी र सचीव कुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको छ ।
सभाको दोस्रो चरणको बन्दसत्रले पुन भिम लकाईंको अध्यक्षतामा ११ सदस्यीय मन्दिर संचालन कार्य समितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा पवित्रा खड्का, सचीवमा कुमार श्रेष्ठ, सहसचीवमा नेत्र अधिकारी, कोषाध्यक्षमा मनमाया केसी सर्वसम्मतिबाट चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा सम्झना विष्ट, राििधका केसी, लोकबहादुर वर्देवा, नेरन्द्र अधिकारी, सन्त तामाङ र शान्ता केसी चयन हुनु भएको छ ।
मन्दिरले ७ लाख ८४ हजार १ सय ५२ रुपयाँ बराबरको आयव्यय गरेको विवरण समेत प्रस्तुत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here