सुनशरीको धरानमा भेटिएको बम शेनाको टोली द्वारा निष्कृय

0
1129

फागुन २६/
सुनशरीको धरान उपमहानगरपालिका १४ मा आज बमका जस्तो देखिने संकास्पद वस्तु फेला परेको छ । उक्त बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले अपरान्ह निष्क्रिय पारेको छ ।
करिब बिहान ७ बजे तिर स्थानीय पशुपती तामाङले सिहदेवी चौकदेखि करिब १०० मिटर विजयपुर जाने बाटोभन्दा मुनी बम देखेपछि प्रहरीलाई खबर गर्नु भएको थियो । उक्त बस्तुलाई नेपाली सेनाको काली शक्त्ती गणको बम डिस्पोजल टोलीले अपरान्ह निष्क्रिय पारेको हो ।
उक्त बस्तु कहाँबाट कसरी आयो सोको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । तर, केही समय अघि नै राखेको हुन सक्ने अवशेषको रूपमा रहेको प्रहरीले जनाएको छ । सेनाको टोलीले उक्त वस्तुको चाँजका लागि फोरेन्सिकमा लगिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here