मोरङ बेलबारीकी २६ वर्षीया युवतीको हत्या आरोपमा नेकपा मोरङका नेता योगेन्द्र गुरुङ पक्राउ

0
1621

फागुन २६/
मोरङ बेलबारीकी २६ वर्षीया युवतीको हत्या आरोपमा नेकपा मोरङका नेता योगेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
बेलवारी नगरपालिका ४ की रमिला राईको हत्या गरी शव बेपत्ता बनाएको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । राई फागुन १८ गते शुक्रबारदेखि हराएको सूचना पाएको प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको थियो ।
राईको हत्या गरी शव सप्तकोशीमा फालेको खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । पक्राउ परेका गुरुङले युवतीलाई कोठामै हत्या गरी गाडीमा शव लगेर सप्तकोशीमा फालेको स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ ।
तत्कालीन एमालेका पूर्व बेलवारी अध्यक्ष गुरुङ महिलासँग प्रेम सम्बन्धमा रहेको प्रहरी स्रोतले बताएको छ । गुरुङकी श्रीमती भने काठमाडौं बस्दै आएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here