गए राती र आज भएका छुट्टा छुट्टै दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु

0
1012

फागुन २६/
गए राती र आज भएका छुट्टा छुट्टै दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वाह्रदशी गाउँपालिका– ३ राजगढका ६२ वर्षीय चुनु हेमरम र शिवसताक्षी – ८ डुडामारीका ४९ वर्षीय महेन्द्र भट्टराई रहेको प्रहरीले जनाएको छ । उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको ना ४ ख २०३६ नम्वरको ट्रकले सडक पार गरिरहेका हेमरमलाई आज दिउँसो ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रकको ठक्करबाट हेमरमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय धुलावारीको नियन्त्रणमा राखिएको बताइएको छ ।
उता पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका– ५ पाडाजुगीमा गए राति सडक किनारमा रोकिराखेको कारमा मोटरसाइकल ठोक्किदा महेन्द्र भट्टराईको मृत्यु भएको हो । प्रहरीका अनुसार सडक किनारमा रोकिराखेको वा १३ च ७५२७ नम्वरको कारमा मे ९ प २९८८ नम्वरको मोटरसाइकल ठोक्किदा शिवसताक्षी – ८ डुडामारीका ४९ वर्षीय महेन्द्र भट्टराईको मृत्यु भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको मोटरसाइकल कारमा ठोक्किदा भट्टराईसंगै मोटरसाइकल चालक सोही ठाउँका कुमार गिरी घाइते हुनु भएको थियो ।
घाइते गिरीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here