झापाको कमल ५ मंगलवारेमा प्रदेशस्तरिय अन्तर स्थानीय तह भलिवल प्रतियोगिता हुने

0
1619

फागुन २६/
आगामी चैत २१ गतेदेखि झापाको कमल ५ स्थित मंगलवारे वजारमा तीन दिने प्रदेशस्तरिय अन्तर स्थानीय तहवीच एसवाइसी च्यालेन्ज कप भलिवल प्रतियोगिता हुने भएको छ । स्थानीय सगुन युवा क्लवले आज पत्रकार सम्मेलन गरेर प्रतियोगिता गर्न लागिएको जनाएको हो ।
क्लवले १२ औ संस्करणसम्म खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्दैआएको थियो । तर यसवर्षको १३ औ संस्करणमा भने एक नम्बर प्रदेशस्तरिय स्थानीय तहहरुवीच भलिवल प्रतियोगिता गर्न लागिएको क्लवका अध्यक्ष देवेन्द्र राज आङदेम्बेले जानकारी दिनुभयो । मोफसलमा खेलाडी उत्पादन गर्न टेवा पु¥याउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिईएको अध्यक्ष आङदेम्बेले वताउनु भयो । प्रदेशका १४ वटा टिमको सहभागिता रहने सो प्रतियोगिताको फाइनल चैत २३ गते हुने छ ।
प्रतियोगितामा विजेताले नगद ५० हजार रुपैयाँ, दोश्रोले नगद २५ हजार रुपैयाँ सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरि प्रतियोगिता भरि विभिन्न विधागत आधा दर्जन पुरस्कारहरु समेत प्रदान गरिने अध्यक्ष आङदेम्बेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here