समयलाई महत्व नदिनाले नेपाल बिकाश निर्माणमा पछि परेको क्याप्टेन विजय लामाको भनाई

0
1753

फागुन २५
नेपाल बायु सेवा निगमका क्याप्टेन तथा कलाकार विजय लामाले समयलाई महत्व नदिनाले नेपाल बिकाश निर्माणमा पछि परेको बताउनु भएको छ । दमक पव्लिक लाईब्रेरीले आज आयोजना गरेको उद्यमशिल बहसको पाँचौं षृंखलाका मुख्य वक्ताको रुपमा बोल्दै उहाँले मुलुक बिकाशको पहिलो कुरानै समयको महत्व बुझ्नु रहेको बताउनु भएको हो । समयलाई महत्व दिएर कार्ययोजना बनाएर काम गरे जुनसुकै क्षेत्रमा सफल बन्न सक्ने बताउँदै पाईलट लामाले कुनै पनि बिषयको महत्वकांक्षा लिएर काममा लागे सफलता प्राप्त हुने बताउनु भयो ।
दमक पव्लिक लाईब्रेरीले बिभिन्न क्षेत्रका सफल व्यक्तित्वहरु संगको अन्तरंग कार्यक्रम अन्तर्गत उद्यमशिल बहस कार्यक्रम सञ्चालन गरिरहेको लाईब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here