मोडल क्याम्पस साहित्यिक मञ्च दमकद्वारा श्रष्टा सम्मान तथा गजल प्रतियोगिता सम्पन्न

0
1385

सप्तरङ्गी एफ.एम. दमक फागुन २५
मोडल क्याम्पस साहित्यिक मञ्च दमकले आज बृहत साहित्यिक कार्यक्रम तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले गत बर्ष देखी सुरु गरेको यस प्रकारको कार्यक्रम अन्तर्गत प्रतियोगितात्मक गजल वाचन तथा अग्रज श्रष्टा सम्मान सम्पन्न गरेको हो । मञ्चका अध्यक्ष जितेन साम्पाङको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज श्रष्टाहरु बिवश बलिभद्र कोईराला, घनश्याम पथिक, लोकेन्द्र बन्जारा र सुन्दर कुरुपलाई सम्मान गरिएको हो । मोडल क्याम्पसका क्याम्पस प्रमुख कृष्ण तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अग्रज श्रष्टाहरुलाई सम्मान पत्र सहित नेपाली टोपि पहिराएर सम्मान गरिएको थियो ।
प्रतियोगितात्मक गजल वाचनमा ज्ञानु तामाङ प्रथम, धनकुमार विश्वकर्मा दोस्रो र जयन्ति तुम्मु्रक तेस्रो हुनु भयो ।
मञ्चका सचिव खगेन त्रिखत्रीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमा सम्मानित श्रष्टा साथै बिभिन्न साहित्यकारहरुले आ आफ्नो रचना वाचन गर्नु भएको कार्यक्रमका सम्योजक मौशम राईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here