आगलागी पीडित परिवारलाई क्रिश्चियन सोसाइटीको सहयोग

पूर्व सेक्टर प्रतिनिधिहरुको पनि सहयोग

0
1998

पूर्व सेक्टर प्रतिनिधिहरुको पनि सहयोग

६ फागुन २०७५/डिकेश लामा
दमक/भुटानी शरणार्थी शिविर बेलडाँगीका अग्निपीडितलाई आज फेरि राहत प्राप्त भएको छ । माघ १३ गते भएको आगलागीबाट क्षति पुगेका १२ परिवारका शरणार्थीलाई पुनर्वासमा रहेका भुटानी लगायतले राहत वितरण गरेको हो ।
सोमबार नगद र भाडाकुँडा वितरण गरिएको हो । अमेरिकामा रहेको मिसउरी सेन्ट लोविस न्यू लाइफ नेपाली चर्चका पास्टर गगन गुरुङ र न्यूजिल्याण्डमा रहेको नेल्सो नेपाली आराधाना चर्चका ब्रदर कमल मगर तथा एकता चर्च मण्डली बेलडाँगीको संयुक्त सहयोगमा अग्नि पीडित परिवारलाई भाडाकुँडा वितरण गरिएको वेलडाँगीका सचीव टिकाराम रसाइलीले बताउनु भयो । अग्नि पीडितलाई २ सेट कुकर, डाडु, पुन्यू, कित्ली, जग, ताल, बटुका लगायत १३ किसिमको भाडाकुँडा वितरण गरिएको छ । यसैबीच उनीहरुलाई नगद पैंसा पनि वितरण गरिएको छ । बेलडाँगी शिविरका पूर्व सेक्टर प्रतिनिधि तथा हाल अमेरिकामा बसोबास गर्ने मनबहादुर मगर र चन्द्रमाया तामाङले पठाउनु भएको नगद वितरण गरिएको छ । उहाँहरुले पठाउनु भएको आर्थिक सहयोगबाट आगलागीबाट पूर्णरुपमा घर जलेका ८ परिवारलाई प्रति परिवार ४ हजार तथा घर भत्काउनु परेका परिवारलाई नगद १५ सयका दरले राहत वितरण गरिएको छ ।
यस अघि पनि आगलागीमा परेका शरणार्थी परिवारलाई तेस्रो मुलुकमा रहेका विभिन्न संघसंस्था तथा व्यक्तिहरुले आर्थिक लगायत सहयोग गर्दै आएका छन् ।

See live video in GlobalPostTV

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here