आगलागी पीडितलाई पुनः नगद सहयोग वितरण

0
1026

 ४ फागुन २०७५/डिकेश लामा
दमक/ माघ १३ गते आगलागीमा परेका भुटानी शरणार्थी बेलडाँगीका पीडित परिवारलाई शनिबार पुन अमेरिकाबाट आएको टोलीबाट राहत वितरण गरिएको छ ।
अमेरिकाको ओहायो राज्यस्थित कोलम्बसबाट आउनु भएका युवा व्यवसायी राम घिमिरे र उहाँका परिवारले अग्निपीडित परिवारलाई राहत वितरण गर्नु भएको छ ।
माघ १३ गते दिउँसो आगलागी हुँदा भुटानी शरणार्थी शिविर बेलडाँगी २ बी फोरमा ८ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट जोगाउँन थप ४ वटा घर भत्काउनु परेको थियो । ती सबै १२ घर परिवारलाई राम घिमिरेले नगद सहयोग गर्नु भएको छ । वितरित नगद राहत ग्लोबल इन्टरनेशनल मार्केट र सिंग्रीला कलर स्टोरले संयुक्त रुपमा उपलब्ध गराएको हो । सो राहत रकम राम घिमिरे, टीका कोइराला, तारा ढकाल, डेबिड पराजुली, नारायण पराजुली, जगत अधिकारी र कृष्ण घिमिरेबाट संकलन गरिएको हो भने ५ जना पसलमा आएका ग्राहकहरुले समेत सहयोग गरेको घिमिरेले बताउनु भयो ।
आज आगलागीबाट पूर्णरुपमा घर नष्ट भएका ८ परिवारलाई नगद ९ हजारका दरले र घर भत्काउनु परेको ४ परिवारलाई नगद ४ हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको हो । त्यस्तै घिमिरेले बेलडाँगी शिविरमा अति जोखिममा रहेका अन्य चार परिवारलाई पनि नगद सहयोग गर्नु भयो ।

see video report

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here