संकाटसन्न परिवारलाई कम्बल वितरण

0
876

 २८ माघ २०७५
मोरङ/केही दिन यता बढेको चिसोका कारण मोरङको रंगेली नगर क्षेत्रमा बसोवास गर्दै आएका संकाटसन्न मुसहर तथा सन्थाल समूदायमा आज कम्बल वितरण गरिएको छ ।
रंगेली नगरपालिका वडा नं. १ र २ का गढिघट्टा, पोखरी टोल, गाविस टोल, हाटखोला दिनाटोल, डाँगीटोल, कट्खोल्वा धिमिधिमे, दोहपुर लाटामाराका १ सय २० घर परिवारलाई १/१ वटाको दरले ऊनको कम्बल वितरण गरिएको हो । नविल वैंकको सहयोगमा विश्व लुथरन फेडरेशन संयोजनमा कम्बल वितरण गरिएको नविल वैंकका दमक शाखा प्रमुख राजेन बस्नेतले बताउनु भयो ।
अधिकाशं भूमिहीन परिवार, अपाङ्ग, एकल महिला र बृद्धबृद्धालाई लुथरन सामुदायिक कल्याण समाज र नगरको सहजीकरणमा छनौट गरी लुथरन वल्र्ड फेडरेशनका प्रादेशिक कार्याक्रम संयोजक राजेन्द्र राउत, नविल बैंकका प्रदेश नम्बर १ का प्रमुख रोशन कोइराला, रंगेली वडा नं. १ का वडा अध्यक्ष महेश खनाल, सदस्य महम्बद चौधरी र वडा नं. २ का महिला चेरी ऋषीदेवले वितरण गर्नु भएको छ ।
बैंकले उपलव्ध गराएको १ लाख रुपयाँ र फेडरेशनको सहयोगमा केही दिन अघि देखि बढेको जाडोलाई मध्यनजर गरी कम्बल वितरण गरिएको बताइएको छ । लामो समय भूटानी शरणार्थीहरुको सहयोगमा काम गर्दै आएको फेडरेशनले पछिल्लो समय समूदायमा समेत सहयोगका कार्यक्रमहरु विस्तार गर्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here