बलात्कार गरेको आरोपमा भुटानी पक्राउ

0
1777

२७ माघ २०७५

दमक/ बलात्कार गरेको आरोपमा भुटानी शरणार्थी शिविर बेलडाँगीका एक व्यक्ति पक्राउ परेका छन् । आइतबार दिउँसो बेलडाँगी शिविर नजिक रहेको हंसेदुसे सामुदायिक वन भित्र घाँस काट्न गएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सशस्त्र प्रहरी बल सुरक्षा बेस बेलडाँगीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भुटानी शरणार्थी शिविर बेलडाँगी २ सेक्टर एच–फोर छाप्रा नं. ८३ का ३४ बर्षीय तेजबहादुर भट्टराई रहेका छन् ।

प्रहरीका अनुसार महिलाले चिच्याउँदै आफूलाई बलत्कार गरेको भनी हल्ला गरे पछि स्थानीय भूटानी समूदाय र प्रहरीले आरोपितलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । आरोपितलाई थप अनुसन्धानका लागि प्रहरी चौकी बाघखोरमा बुझाएको सशस्त्र प्रहरी बल सुरक्षा बेस बेलडाँगीले जनाएको छ । प्रहरीकाअनुसार घाँस दाउरा गर्न गएकी महिलालाई भट्टराईले जबरजस्ती करणी गरेको आरोप छ । महिलाले आफुलाई जबरजस्ती बलात्कार गरेको लिखित उजुरी गरेपछि भट्टराईलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । एक साता पथरी शिविरमा १४ बर्षीय बालिका माथि बलत्कार गरेको आरोपमा एक भूटानी शरणार्थी पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here