आगलागीबाट १२ घर नष्ट ३ दर्जन विचल्नीमा

३ दर्जन विचल्नीमा

0
1608

३ दर्जन विचल्नीमा

१३ माघ २०७५/डिकेश लामा
झापा/झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा आगलागी हुँदा १२ वटा घर नष्ट भएका छन् । आइतबार अरान्ह ४ बजे तिर आगलागी हुँदा ७ वटा घर पूर्णरुपमा खरानी भएका छन् भने अन्य ५ वटा घर आगो नियन्त्रणका क्रममा भत्काइएको छ ।
बेलडाँगी २ को सेक्टर बी/४ घर नम्बर १०२ र ३ को अनिता सुब्बाको घरबाट मान्छे नभएको अवस्थामा एक्कासी आगलागी शुरु भएको शिविर व्यवस्थापन समितिका सचीव टिकाराम रसाइलीले बताउनु भयो । आगलागीबारे कारण भने खुल्न सकेको छैन । आगलागीबाट मानवीय क्षति भने नभएको स्थानीय शसस्त्र प्रहरी सुरक्षा वेश वेलडाँगीले जानकारी दिएको छ ।
दमकबाट गएको दमकल, प्रहरी र स्थानीय बासिन्दाले झण्डै २ घन्टा पछि आगोलाई नियन्त्रणमा लिएको शसस्त्र प्रहरी निरीक्षक दिनेश आचार्यले बताउनु भयो । आगलागीबाट १ घर अशक्त भूटानीका ५ परिवार सहित ३० जना विचल्नीमा परेका छन् । आगलागीबाट भएको क्षति विवरण भने आउन बाँकी रहेको प्रहरी चौकी बाघखोरले जानकारी दिएको छ ।
आगलागीबाट विस्थापितलाई आम्दाको हलमा व्यवस्थापन गरिने तयारी थालिएको शरणार्थी दातृ निकाय यूएनएचसीआरले जानकारी दिएको छ ।

See live video

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here