नेपाल VS यूएईः श्रृंखला १-१को बराबरीमा, रोहितको विश्व किर्तिमानी

0
745

१२ माघ, काठमाण्डौ । नेपालले यूएईबीच जारी तीन खेलको एक दिवसीय क्रिकेट श्रृंखला एक – एकको बराबरीमा पुगेको छ । दुबईमा शनिवार भएको दोस्रो खेल नेपालले यूएईलाई १ सय ४५ रनले हराउँदै श्रृंखला एक/एकको बराबरीमा ल्याएको हो । टस जितरे पहिले ब्याटिङ गरेको नेपालले २ सय ४३ रनको बिजयी लक्ष्य दिएको थियो । जवाफमा यूएई १९ दशमलव ३ ओभरमा ९७ रनमा अलआउट भयो । नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ४ विकेट लिए । अर्का एक ब्याट्सम्यान रनआउट भए । यसअघि नेपालको ब्याटिङ पारीमा रोहित कुमार पौडेलले सर्वाधिक ५५ रनको योगदान गरे । उनि  अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । १६ वर्ष १४६ दिनमा यो रेकर्ड बनाएका उनले  सचिन तेन्दुल्करको किर्तिमानी तोडेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here