दमकमा आगामी १८ गते बृहत सांगितिक कार्यक्रम हुने

0
684

माघ १०/
दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुने भएको छ । गृष्मा ब्रोडकाष्टिङको आयोजनामा ‘सिएमसी सप्तरंग, अ म्युजिकल जर्नी–२०१९’ नाम सांगितिक कार्यक्रम हुन लागेको आज दमकमा पत्रकार सम्मेलन गरेर जानकारी गराईएको छ । मुलुकका सातै वटा प्रदेशमा विभिन्न कलाकार र खेलाडीको सहभागितामा हुने सप्तरंग सांगीतिक कार्यक्रम अन्गर्त प्रदेश नम्बर १ को कार्यक्रम दमकमा हुन लागेको आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
आगामी माघ १८ गते शुक्रबार दमक बहुमुखि क्याम्पसको प्रांगणमा अपरान्ह ४ बजे देखी सुरु हुने कार्यक्रममा सात कलाकरले प्रस्तुति दिनेछन् । ‘सात प्रदेश र सात हामी’ नाराका साथमा शुरु हुने यस कार्यक्रमको मुख्य उद्देश्य सद्भाव र ऐक्यवद्दताका लागि भन्ने राखिएको घिमिरेले बताउनु भयो ।
कार्यक्रममा चर्चित कलाकारहरु रामकृष्ण ढकाल, प्रमोद खरेल, इन्दिरा जोशी, पशुपति शर्मा, सन्दीप क्षेत्री, अञ्जली अधिकारी र खेलाडी दीपक विष्टको सहभागीता रहने छ ।
कार्यक्रममा उपस्थित हुन दर्शकले कुनै शुल्क तिर्नु नपर्ने पनि गृष्मा ब्रोडकाष्टिङका प्रमुख घिमिरेले बताउनु भयो । आफुहरुले आर्थिक लाभका लागि नभएर सातै प्रदेशका जनताबीच आपसी सद्भाव र सामिप्यता बढाउन र पर्यटकीय हिसाबमा पनि सातै प्रदेशको प्रचार गर्न कार्यक्रम गर्न लागेको उहाँले बताउनु भयो । उक्त कार्यक्रमको प्रदेश नम्बर १ को मिडिया पार्टनरको रुपमा सप्तरङ्गी एफ.एम. रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here