साहित्यकार स्वर्गिय प्रेमा शाहको जिवनीमा आधारीत “सम्झनामा प्रेमा शाह” डकुमेन्ट्री सार्वजनिक

0
2320

पुष २५/
नेपाली साहित्यकी शशक्त नारी हस्ताक्षर स्वर्गिय प्रेमा शाहको जीवनीमा आधारीत “सम्झनामा प्रेमा शाह” नामक डकुमेन्ट्री सार्वजनिक भएको छ । साहित्यकार नरेन्द्रराज प्रसाइको आलेख, राजन काफ्लेको छायाङकन र सुरेश दर्पण पोखरेलको निर्माण सम्योजन रहेको सो बायोपिक डकुमेन्ट्री नेपाली चलचित्रकि सफल अभिनेत्री जल शाहले आफ्नी स्वर्गिय आमा प्रेमा शाहको जीवनका उतार चढाबहरुलाई समेटेर निर्माण गर्नु भएको हो । सार्वजनिक डकुमेन्ट्रीमा नेपाली साहित्यका मुर्धन्य ब्यतित्व हरु ले स्वर्गिय प्रेमा शाह को जीवन र लेखन का बारे राखेका धारणा हरुलाई प्रस्तुत गरिएको छ । बि. सं. २००१ सालमा वीरगन्जको श्रीपुरमा जन्मनु भएकी प्रेमा ‘आऊ मलाई सम्भोग गर’ कविता लेखेपछि साहसी महिला साहित्कारका रूपमा साहित्य क्षत्रेमा उदाउनु भएको थियो भने एउटै सम्भोग नामक कथा लेखेपश्चात् उहाँको चर्चा चुलिएको थियो ।
कथा संग्रह पहेंलो गुलाब, विषयान्तर, लघु उपन्यास ममी, संयुक्त लेखन उपन्यास आकाश विभाजित छ, हिन्दी नाटक चित्रङदाको नेपाली अनुवाद, बाल कथाहरू मन्टुकी बजैको कथाको पेटारो, जिंकी र जोकर, इन्द्रधनुष रंगीचंगी कथाहरू, राम्रो काम लेख्नु भएकी प्रेमाका बाल उपन्यासहरू मनु र भँगेरा, आनन्दको आविष्कार, बाल गीतिसंग्रह भाग १ र २ लगायत प्रकाशित कृति छन् । उहाँको गत वर्ष पुस ५ गते उपचारका क्रममा अमेरिकाको साल्टलेक सिटी अस्पतालमा निधन भएको थियो । उहाँ केही समयदेखि छोरी जलका साथ अमेरिका बस्दै आउनु भएको थियो ।

https://www.youtube.com/watch?v=0fhddCkjv4A

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here