दमकमा पनि मनाईयो नेपाली राष्ट्रिय टोपि दिवस

0
918

पुष १७/
आज अंग्रेजी नयाँ बर्षको पहिलो दिन राष्ट्रिय नेपाली टोपि दिवसको रुपमा मनाईएको छ । उद्योग बाणिज्य संघ दमकमा अगुवाईमा आज बिहान टोपि दिवस मनाईएको हो । उद्योग बाणिज्य संघ दमकमा बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक संघ दमक नगर अध्यक्ष लक्ष्मि प्रसाद थपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको औचित्यको बारेमा प्रकाश पार्दै जिवन चत्र समाज नेपालका अध्यक्ष गणेश गौतमले नेपालीहरुको पहिचान झल्कने ढाका टोपिको दिवसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि थपलियाले बिश्वको कुनै कुनमा रहेपनि ढाका टोपि शिरमालगाएको व्यक्तिको पहिचान नेपाली हुने भएकोले छुट्टै पहिचान बोकेको ढाका टोपिको प्रयोग युवा पुस्ताले पनि गर्नु पर्नेमा जोड दिनुभयो । उता झापाको गौरादहमा पनि स्थानिय युवाहरुको सक्रियतामा टोपि दिवस मनाईएको छ ।
सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपालमा टोपी दिवस मनाउँदै आईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here