दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको लागी लोकतान्त्रीक समुहको उम्मेद्वारी घोषणा

0
1262

पुष १७/
दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यहि पुष २८ गते हुन लागीरहेको निर्वाचनमा लोकतान्त्रिक समूहले आप्mनो उम्मेद्वारहरु घोषणा गरेको छ ।
नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, संघीय लिम्बुवान मञ्च र नेकपा क्रान्तिकारीले आज संयुक्त पत्रकार सम्मेलन गरि सबै सदस्य पदका उम्मेद्वार सार्वजनिक गरेको हो । गठबन्धनलाई जिताउन सार्वजनिक गरिएका दलीय गठबन्धन बाहेक राष्ट्रिय जनमुक्ति पार्टी र मधेवादी साना दलहरुले पनि लोकतान्त्रिक प्यानललाई सघाँउने भएको उनीहरुले दावी गरेका छन् ।
घोषणा अनुसार ती दलको संयुक्त लोकतान्त्रिक गठबन्धन टिमबाट क्षेत्रगत आधारमा वडा नं १ मा घनेन्द्रराज योङया, वडा नं ५ मा धनबहादुर भट्टराई, वडा नं ६ मा रोशन गौतम, ७ मा महेन्द्र लिम्बु, वडा नं ८ मा धिरेन लावती र ९ मा हरि सुवेदी उम्मेद्वार रहनु भएको छ । यस्तै, तीन खुल्ला महिला सदस्यको कोटामा क्रमशः मिना कोइराला, पञ्चमाया राई र विष्णु कुमारी भट्टराईलाई उम्मेदवार घोषणा गरिएको छ ।
कांग्रेसका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको उम्मेद्वारी घोषणा कार्यक्रमका वक्ताहरुले सबैभन्दा ठुलो दलको हैसियतमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको स्थानीय नेतृत्वसंग आफूहरुले सहमतिय आधारमा खानेपानीको नेतृत्व चयन गर्न आग्रह गरेपनि सत्ताधारी नेकपाका नेतृत्वकर्ताहरुले आफूहरुलाई उपेक्षा गरेका कारण बाध्य भएर उम्मेद्वारी घोषणा गर्दै निर्वाचनमा जानुपरेको बताए । तर उम्मेदवारी घोषणा भएपनि अन्तिम समयसम्म सहमति खोज्न सकिने उनीहरुले जनाएका छन् । उनीहरुले सहमतिको सवै सभांवना नसकिएको र घोषित समयमै निर्वाचनका सवै कार्यक्रम सञ्चालन गर्न माग समेत गरेका छन् ।
घोषणा कार्यक्रममा कांग्रेसका नगर सभापति रोशन विष्टले अधिकतम सहमतिका लागि कांग्रेस लगायतका अन्य दलहरु तयार भएपनि सत्तापक्षीय नेकपाकै नेतृत्वमा सहमति जुटाउन नेकपाका नेताहरु तयार नहुँदा निर्वाचनमा जानुपरेको बताउनु भयो । सहमतिय प्रस्तावका अनेकौ विकल्पहरुको नेकपाले वेवास्ता गरेको उहाँले आरोप लगाउनु भयो ।
उम्मेदवारी घोषणा कार्यक्रममा उम्मेदवारहरुले दमकको खानेपानीमा विगत लामोसमयदेखिको एकल नेतृत्वले खानेपानीको क्षेत्रको विकासमा सन्तोषजनक काम गर्न नसकेको आरोप लगाउदै लोकतान्त्रिक पक्षधरलाई जिताउन आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here