दमकलाई पोल्ट्री उद्योगको दोस्रो राजधानीका रूपमा अघि सारिंदै , पूर्वाधार निर्माणको काम धमाधम

0
1269

पुष १६/
दमकलाई पोल्ट्री उद्योगको दोस्रो राजधानीका रूपमा अघि सारिएको छ । देशकै ठूलो मानिएको चितवनको पोल्ट्री उद्योगपछि दमकलाई पनि त्यही स्तरमा विकास गर्न यहाँ पोल्ट्री उद्योगीहरूले चासो देखाएका हुन् । दमकलाई पोल्ट्री उद्योग नगरीका रूपमा विस्तार गर्न यहाँका व्यवसायीहरू जुटेको पोल्ट्री व्यवसायी सङ्घका प्रदेश नम्बर १ का संयोजक माधव पराजुलीले बताउनुभयो । उहाँले पोल्ट्री उद्योगको दोस्रो राजधानी बनाउन पूर्वाधार निर्माणको काम धमाधम भइरहेको जानकारी दिनुभयो ।
दमकमा १० ठूला पोल्ट्र«ी उद्योग छन् भने साना किसिमका दुई दर्जन उद्योग सञ्चालनमा रहेका छन् । ठूला उद्योगमा करीब १० हजार कुखुरा रहेका छन् । त्यस्तै, दमकमा पोल्ट्री उद्योगसँगै एक सुविधासम्पन्न प्रशोधन भण्डारण केन्द्र, १० वटा दाना उद्योग, छ वटा ह्याचरी उद्योग सञ्चालित छन् । प्रशोधन भण्डारण स्थापना भएपछि झापा, मोरङ र सुनसरीका पोल्ट्री व्यवसायीहरूले सुविधा पाएका छन् ।
वर्षदिन अघि सञ्चालनमा आएको उक्त भण्डारण केन्द्र करीब पाँच करोड रुपैयाँको लगानीमा स्थापना भएको हो । भण्डारण कक्षको क्षमता १६ टन रहेको छ । भण्डारण कक्षमा आवश्यक मापदण्ड पूरा गरेर मासु चिस्यान गर्दैआएको सञ्चालक पराजुलीले बताउनुभयो । प्रशोधनसहितको भण्डारण केन्द्रले यहाँका कुखुरापालकका उपभोग्य मासु समेत खरिद गर्ने र चिस्यान गरिएका कुखुरा काठमाडौँसम्म निर्यात गर्दैआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here