काँकडभिट्टा आगलागी हुँदा १८ घर र पसल जलेर नष्ट

स्पष्ट विवरण आउन बाँकी

0
654

स्पष्ट विवरण आउन बाँकी

१२ पौष २०७५/डिकेश लामा 

झापा/झापाको मेचीनगर वडा नं. ६ को साठी विघे भन्ने बजारको बधशाला क्षेत्रमा विहीबार राती आगलागी हुँदा १८ वटा घर तथा पसलका छाप्राहरु जलेर नष्ट भएको छ । फुसको बाक्लो घर र पसल भएको गोसलाईन क्षेत्रमा ग्याँसको सिलिण्डर पड्कन्दा आगलागी भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरिक्षक महेश थापाले बताउनु भयो ।
बाक्लो बस्ती र मासु काट्ने र वेच्ने पसलको टहरा समेत भएकोले के कति क्षति भयो भन्ने स्पष्ट विवरण आउन नसकेको थापाले बताउनु भयो । ८ बजे तिर भएको आगलागी मेचिनगर, विर्तामोड र अर्जुनधारकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा १ घण्टा पछि नियन्त्रणमा लिइएको बताइएको छ । आगलागी क्षेत्रमा अधिकांश सामानहरु जलेर पूर्णरुपमा नष्ट भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here