दमक औद्योगिक पार्कका लागि निर्धारण गरिएको जग्गा मुआव्जा दर पुनर्मुल्याङ्कनु हुनु पर्ने माग गर्दै स्थानीयबासी सडकमा

0
1245

पुष १२/
दमक वडा नम्बर दमक–१० र कमल गाउँपालिका– ७ मा चीनियाँ लगानीमा बन्ने भनिएको दमक औद्योगिक पार्कका लागि निर्धारण गरिएको जग्गा मुआव्जा दर पुनर्मुल्याङ्कनु हुनु पर्ने माग गर्दै स्थानीयबासी सडकमा उत्रिएका छन् । सो मागसहित असन्तुष्टि जनाईरहेका सर्वसाधारणहरुको समुहले आज दमकमा आफ्ना मागहरु लेखिएको प्लेकार्ड र ब्यानरसहित नाराबाजी गर्दै ¥याली प्रदर्शन गरेको हो ।
औद्योगिक पार्कका लागि जग्गा अधिग्रहण हुने क्षेत्रमा रहेका स्थानीहरुले गठन गरेको औद्योगिक क्षेत्र व्यवस्थापन संघर्ष समितिको अगुवाईमा दमकको गणतन्त्र चौकबाट निकालिएको ¥यालीले दमक बजार हुँदै नगरपालिका पुगि पुनः गणतन्त्र चौकमा आएर प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागि टिका भट्टराईले सरकारी मुआब्जा मुल्याङकन समितिले तोकेको जग्गाको दररेट खारेज गरि नयाँ मुआव्जा दर कायम गर्न वा सट्टाभर्ना दिन माग गर्दै प्रदर्शनमा उत्रिनुपरेको बताउनु भयो ।
संघर्ष समितिका अध्यक्ष पर्शुराम कार्कीको नेतृत्वमा निस्किएको टोलीले दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनासंग उहाँकै कार्यकक्षमा भेटेर हाल निर्धारण गरिएको मुआव्जाको दर उपयुक्त नभएकाले सहित मार्ग पूर्वको जमिनमा सट्टाभर्ना दिन वा जमिनलाई बस्ति योग्य र खेतीयोग्यमा मात्र वर्गीकरण गरि मुआव्जा दिन माग गरेको को छ ।
सरकारी मुल्याङकन समितिले जग्गालाई ३ भागमा वर्गीकरण गरि सोहि अनुसार मुआव्जा दर निर्धारण गरेको छ । जस अनुसार खेतीयोग्य जमिनको प्रतिविगाहा २२ लाख रुपैयाँ निर्धारण गरिएको छ । यस्तै बगरको प्रतिविगाहा ८ लाख र काँसघारीको प्रति बिगाहा २ लाख रुपैयाँ निर्धारण गरेको छ । तर सो रकमले आफूहरुको उठिबास लाग्ने र कतैपनि जिविकोपार्जनको माध्यम बन्न नसक्ने भएकाले सडकमा उत्रिनुपरेको उद्योग प्रभावित क्षेत्रका बासिन्दाको भनाई छ ।
संघर्ष समितिका सचिव करणसिंह बस्नेतले जग्गाको वर्गीकरण गर्ने क्रममा एकै सँधियारको जग्गा पनि फरक फरक वर्गमा वर्गीकरण गरिएको भन्दै वर्गीकरणनै पूर्वाग्रही देखिएको आरोप लगाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here