दमकमा हिँजो साँझ आगाली हुँदा दुई परिवारको अन्दाजी ८ लाख ५० रुपैयाँ बराबरको क्षति

0
829

पुष १२/
दमकमा हिँजो साँझ विजुलीको तार सर्ट भएर आगलागी हुँदा २ वटा घर र २ वटा ग्वाली जलेर पूर्णरुपमा नष्ट भएका छन् । दमक वडा नं. ३ का विष्णु चिमरियाको भान्सा घर र ग्वाली तथा श्री प्रसाद भण्डारीको भान्सा घर र ग्वाली जलेर नष्ट भएको हो । आगलागीबाट घर भित्र रहेका दुई परिवारको १ सय १० मुरी मकै, १ सय २० मन धान र दुई वटा परालको माच समेत नष्ट भएको छ । आगलागीबाट ग्वालीमा बाँधेर राखेका ५ वटा वाख्रा समेत जलेर मरेको अस्थायी प्रहरी बाघखोर पोष्टले जानकारी दिएको छ । आगलागीबाट अन्दाजी ८ लाख ५० रुपैयाँ बराबरको क्षति भएको प्रारम्भीक बिवरण लिईएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घरबाट पम्पसेटमा जडान गरेको विजुलीको तारमा आगो उठे पछि नजिक रहेको परालको माचमा आगो लाग्न शुरु भएको आगलागी परिवारका सदस्य नवराज भण्डारीले बताउनु भयो । आगो दमकको दुईवटा दमकलको सहायतामा स्थानीय बासिन्दा, प्रहरीले नियन्त्रणमा लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here