दुई कृति लोकार्पण हुदैं

0
1614
डेविट
अमेरिका, डिसेम्बर १९ /
अमेरिकाको जर्जिया राज्यस्थित एट्लान्टामा भब्य साहित्यिक कार्यक्रम आयोजना हुने भएको छ । यही डिसेम्बर २३ तारिखका दिन ‘कृति लोकार्पण तथा साहित्य लेखन कार्यशाला’ आयोजना हुने भएको हो ।
विश्व भुटानी साहित्य संगठनको एटलान्ट जर्जिया च्याप्टरले कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा भुटानी समाजका वरिष्ठ गायक प्रताप सुब्बा प्रमुख अतिथिका रुपमा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा भुटानी समाजमा साहित्य लेखनमा आफ्नो छुट्टै स्थान बनाउन सफल युवा साहित्यिकारहरुको पनि उल्लेखय मात्रामा सहभागीता हुने बताइएको छ ।
कार्यक्रममा दुई भुटानी साहित्यकारहरुको साहित्यक कृतिहरु विमोचन गरिने छ । पहिलो भुटानी गजलकार शेरु उदास ‘बन्द खाम’ गजल संग्रह र गजलकार राजु सुब्बाको गजल काव्य ‘स्मृतिका छालहरु’ विमोचन गर्ने कार्यक्रम राखिएको छ ।
कृति विमोचन पछि कार्यक्रममा गजल महफिल तथा गजल यात्रा शीर्षकमा स्रष्टाहरुले आकर्षक गजलहरु प्रस्तुत गर्नुहुनेछ । त्यस्तै कार्यक्रममा साहित्यिक साँझ पनि आयोजना गरिएको छ । कार्यक्रममा अबको साहित्य र साहित्य सिर्जनामा लागेका स्रष्टाहरुले ध्यान दिनुपर्ने विषयवस्तुका विषयमा छलफल पनि हुनेछ ।
सोही अन्तर्गत साहित्य लेखन कार्यशाला पनि गरिने आयोजकले जनाएको छ । कार्यक्रममा नव बर्ष २०१९ को आगमनको उपलक्ष्यमा शुभकामना आदान प्रदान समेत गरिने छ ।
“भुटानी समाजका साहित्यिक क्षेत्रमा लागेका स्रष्टाहरुका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुने साहित्य परिषद भुटानका अध्यक्ष गंगा लामिटारेले बताउनु भयो । उहाँले यो कार्यक्रमले भुटानी साहित्यकारहरुबीच सहकार्य, सद्वभाव र विश्वास बढाउने बताउनु भयो ।”
उहाँले यस्ता कार्यक्रमहरु निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिनु भयो । यसरी यस किसिमको कार्यक्रमहरु आयोजना भइरहेको अवस्थामा नेपाली भाषा साहित्यको विकासमा ठूलो योगदान दिन सकिनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ गायक प्रताप सुब्बाका साथै गोविन्द गिरी ‘प्रेरणा’ दीपा राई पुन, गंगाराम लामिटारे लगायतका अग्रजहरुको उपस्थिति रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here