घर फिर्तीको माग सहित शरणार्थीले मनाए भूटान राष्ट्रिय दिवश

0
1176

 

२ मंसीर २०७५/डिकेश लामा
दमक/भूटानी शरणार्थीहरुले स्वदेश फिर्तीको माग गर्दै भूटान राष्ट्रिय दिवश मनाएका छन् । १११औं भूटान राष्ट्रिय दिवश डिसेम्बर १७ लाई देशको सम्झनामा भूटानी साँस्कृतिक कार्यक्रम सहित राष्ट्रिय दिवश मनाएका छन् । 
शिविर व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा भूटान राष्ट्रिय मेलमिलाप समितिले भूटानको राष्ट्रिय पोशाक लगाएर स्वदेश फिर्तीका माग राख्दै व्यानर टाँगेर सरोकारवालाको ध्यानाकार्षण समेत गरेको छ । शरणार्थी  समन्वय इकाइका शिविर सुपरिवेक्षक सुरेन्द्र दाहालको प्रमुख आथित्यमा भएको कार्यक्रममा भूटान आमा तिमीलाई कहिले विर्सदैनौं भन्ने गीत गाएर शरणार्थीले राष्ट्र प्रतिको माया समेत देखाएका छन् । शिविर सचीव टिकाराम रसाइलीको सभापतित्वमा भएको कार्यक्रममा भूटानी कलाकारहरुको शंक व्याण्डले तयार गरेको गीत, जोङ्खा नृत्य समेत प्रस्तुत गरेका छन् ।

हाम्रो देशको माया छ, हामीलाई देश फर्काइ देऊ भन्ने प्ले कार्ड र व्यानर सहित भूटानी शरणार्थी विधार्थीहरुले र्याली समेत प्रर्दशन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here