अन्तराष्ट्रिय कराते टुर्नामेन्ट आयोजक भूटान प्रथम

करातेका अगुवाहरुलाई सम्मान

0
2242

करातेका अगुवाहरुलाई सम्मान

२ मंसीर २०७५/डिकेश लामा
दमक/भूटानी शरणार्थी शिविरमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय कराते टुर्नामेन्टमा आयोजक प्रथम भएको छ । आयोजक भूटानबाट सहभागी २ टीमले  १४ स्वर्ण, ७ रजत र १६ कास्य पदक र प्रथम स्थानको ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगितामा नेपालको तर्फबाट सहभागी ६ वटा टीमले १२ स्वर्ण, २४ रजत, २६ कास्य सहित दोस्रो स्थानको ट्रफी प्राप्त गरेको छ । यस्तै भारत भारतबाट सहभागी १ टीमले १ स्वर्ण, ३ रजत र १० कास्य सहित तेस्रो स्थानको ट्रफी प्राप्त गरेको छ ।

नेपाल, भारत र भूटानका १ सय ५५ खेलाडीहरुको सहभागितामा विभिन्न १३ वटा तौल समूहमा खेल खेलाइएको आयोजक भूटान कराते फेडेरेशनका अध्यक्ष नरबहादुर गुरुङ्गले बताउनु भयो । कार्यक्रमकी प्रमुख अतिथि दमक नगर पालिकाकी उपप्रमुख गीता अधिकारीले कराते खेल स्वास्थ्यका लागि मात्र नभई आत्मा रक्षाका लागि पनि महत्वपूर्ण भएकोले यसलाई हरेक विधालयमा शुरु गरी छा

त्रछात्रालाई समेत सहभागी गराउनु पर्ने बताउनु भयो ।
अन्तराष्ट्रिय स्तरको खेल आयोजना गरेर भूटानी शरणार्थी क्षेत्रको मात्र नभई सिंगो समाजलाई जागृत गरेको उहाँले बताउनु भयो । कार्यक्रममा सहयोग गर्ने अन्य देशमा गएका कराते खेलका अगुवा तथा आर्थिक सहयोग गर्ने भूटानी तथा नेपालीहरुले ठूलो कार्यक्रम गर्न सहयोग गरेको प्रति भूटान कराते महासंघका अध्यक्ष नरबहादुर गुरुङ्गले बताउनु भयो । खेलले नेपाली समूदाय र अन्य देशका खेलाडीबीच सम्बन्ध थप प्रगाढ बनाउने प्रतियोगिताका मुख्य कोच योगेश राईले बताउनु भयो ।
कार्यक्रममा कराते खेलमा नेपालमा विशेष योगदान दिने कराते खेलका नेपालकै अग्रज थानेश्वर राई, विश्व कराते फेडेरेशन तथा नेपाल करातेका वरिष्ठ

प्रशिक्षक मदन उप्रेती, एशिया कराते फेडेरेशनका प्रशिक्षक योगेश चाम्लिङ्ग, पूर्वाञ्चल करातेका क्षेत्रीय संयोजक कालु मेचे, सीता राई सहित ९ जना प्रशिक्षक तथा २५ जना रेफ्रीलाई सम्मान पत्र प्रदान गरिएको छ । खेल संचालनमा अमेरिकाबाट सहयोग पु¥याउने भूटान करातेका अगुवा प्रशिक्षक टीआर राईका प्रतिनिधि सुवास घले, रनबहादुर राई लगायतलाई ता

म्रा पत्रले सम्मान गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here