वैकल्पिक उर्जा प्रवर्धनमा चासो दिनु पर्नेः निर्देशक ढकाल

0
977

२ मंसीर २०७५/डिकेश लामा

दमक/बैकल्पिक उर्जाले नेपालमामा ठूलो कार्य गरिरहेकोले यसको विस्तारमा प्रदेश र स्थानीय तहले समेत चासो दिनु पर्ने बैकल्पिक उर्जा तथा प्रवर्धन केन्द्रका कायाम मुकायम कार्यकारी निर्देशक नवराज ढकालले बताउनु भएको छ ।

वैकल्पिक उर्जा सम्बन्धीको तालीमको वेलडाँगीमा भएको कार्यक्रममा बोल्दै ढकालले नेपाल सरकार उर्जा, जल स्रोत सिंचाई मन्त्रालय माताहत रहेको वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले नेपालमा कुल उर्जा खपतमा ३.२ प्रतिशत, ८८ प्रतिशत घरधुरीमा विधुतको सेवामा १८ प्रतिशत वैकल्पिक उर्जाले सहयोग गरेको बताउन भयो । १८ लाख घरधुरी स्वच्छ खाना पकाउने सुधारिएको चुलो, बायो ग्याँस समेत पुर्याइएको निर्देशक ढकालले बताउनु भयो ।

यूएनएचसीआरको सहयोगमा दमक नगर पालिका तथा विश्व लुथरन फेडरेशनको आयोजनामा भएको १५ दिने सौर्य विधुत प्राविधिक तालिम २ तह कार्यक्रमको समापनमा बोल्दै ढकालले वैकल्पिक उर्जा प्रवर्धनमा सवैले चासो दिनु पर्ने बताउनु भयो । कार्यक्रमलाई वैकल्पिक उर्जा सम्बन्धीका डाक्टर शैलन्द्र कुमार झा, डा. अजय कुमार झा सहित ५ जना विज्ञबाट तालिम प्रदान गरिएको आयोजक संस्था विश्व लुथरन फेडरेशनले जानकारी दिएको छ ।  तालिममा भूटानी शरणार्थी र दमक नगर क्षेत्रका १५ जनाको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here